Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सार्वजनिक बिदा
  • #भाषा_दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #चन्द्र प्रसाद ढकाल
  • #वार्षिक_साधारणसभा
  • ##FNCCI
  • #टोखा_नगरपालिका
  • #सिसिटिभी
  • #डा.दिलीप शर्मा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी
राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ११, २०७९
Hardik health
ललितपुर - राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका हुन् । नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेश्रो स्थानमा पुरुष तर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितीज खनाल तथा महिला तर्फ सेनाकी प्राथना देउवा र शोभा गौचन संयुक्त तेश्रो भए । तेश्रो भएबापत उनीहरुले नगद १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पुरुष युगल उच्च २० बरियता बाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एशिया जवेगु र दिवस शंकरको जोडी रहे । पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरुले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ छात्र एकल तर्फ सेनाका कवीर के.सी. र छात्रा तर्फ सेनाकै रिहाना शेरचनले उपाधी जिते । कवीरले सेनाकै अनिल मल्ललाई २१–१०, २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले पराजित गर्दै उपाधी जितेका हुन् । तेश्रो स्थानमा छात्र तर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा छात्रा तर्फ सेनाकी सम्बृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य संयुक्त तेश्रो भए ।शिर्ष तीन स्थानमा रहेका खेलाडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । भेट्रान्स ४५ बर्ष माथीको प्रतियोगितामा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो नाममा लेखाए । तेश्रो स्थानमा कालिका ब्याडमिन्ट क्लबका राम के.सी. र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी रहे ।शिर्ष तीन स्थानमा रहेका जोडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई ललितपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित बागमती प्रदेश साँसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य शुक्रबार, वैशाख २५, २०८३
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य बिहीबार, वैशाख २४, २०८३
‘रन च्यालेन्ज’ शनिबार
‘रन च्यालेन्ज’ शनिबार बिहीबार, वैशाख २४, २०८३
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी स्वतः पदमुक्त, नयाँ नियुक्तिको सूचना सार्वजनिक बुधबार, वैशाख २३, २०८३
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित
विश्वकप लिग २ः ओमानमाथि नेपालको जित मंगलबार, वैशाख २२, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल
काभा महिला भलिबल च्याम्पियनसिप जेठमा हुँदै ,तालिका सार्वजनिक,पोल ‘ए’मा नेपाल मंगलबार, वैशाख २२, २०८३
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मंगलबार, वैशाख २२, २०८३
लोकप्रिय
  • Week
  • Month
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
वैशाख २४ गते सार्वजनिक बिदा
वैशाख २४ गते सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
सल्यानको  घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच  नहुँदा विद्यार्थी अन्योल
सल्यानको घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच नहुँदा विद्यार्थी अन्योल
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP