Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • शिला र अनु अन्तिम आठमा
शिला र अनु अन्तिम आठमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ८, २०७९
Hardik health
काठमाडा‌ैं -  नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई  ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम आठमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङ्गलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरुमा सर्लाहीकी निकिता लामा, एपिएफकी शोभा गौचन, मोरङ्गकी शिमा राजबंशी, सेनाकी प्राथना देउवा, पुलिसकी निता लम्साल र सेनाकी स्नेहा श्रीपाली रहेका छन् । निकितालै कञ्चनपुरकी निलिमा महरालाई २१–१५, २१–१६, शोभाले बेलटार ब्याडमिनटन एकेडेमीकी रोजी राईलाई २१–१८, २१–१५, शिमाले सेनाकी बिष्णा बिष्टलाई २१–१८, १४–२१, २१–११, प्राथनाले ललितपुरकी सुपला बज्राचार्यलाई २१–९, २१–७, निताले सुर्खेतकी यशोदा रोकायालाई २१–६, २१–६ र स्नेहाले कैलालीकी अनिला सुनुवारलाई २१–१०, २२–२४, २१–१५ ले पराजित गरेका हुन् । राष्ट्रिय बरियता समेत रहेको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्यामिपयन तथा विश्य ब्याडमिन्टन जुनियर तर्फ नम्बर एक खेलाडी रहिसकेका उदियमान खेलाडी पुलिसका प्रिन्स दाहाल प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् ।दाहालले ललितपुरका राजेन्द्र महर्जनलाई २१–१७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । यस्तै १६ फिदरका अमन महर्जनले एपिएफका निराजन देवकोटालाई २०–२२, २१–१२, २१–१४ ले, पाँचथरका दीवस शंकरले कैलालीका चन्द्रिका कथरियालाई २१–११, १२–२१, २१–१४ ले, सेनाकी अनिल मल्लले पुलिसका जीवन आचार्यबाट वाकओभर, कास्कीका विधान अधिकारीले कैलालीका शिषिर रानालाई २१–८, २१–६ ले आफ्नाे स्थान  सुरक्षित गरेका छन् । यसैगरी एपिएफका देवराज रानाले रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमिन थोकरलाई २१–१६, २१–१५ ले, एपिएफका सुजन थापाले कञ्चनपुरका निखिल भट्टलाई २१–१४, २१–१५ ले, १६ फिदरका सुलभ पौडेलले पुलिसका सुनिल जोशीबाट वाकओभर, कास्कीका विशन गुरुङ्गले पुलिसका पुर्णबहादुर थापालाई १६–२१, २१–१४, २१–१७ ले अन्तिम १६ मा छनाैटमा परेका छन् । साथै सेनाका प्रफुल महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–५, २१–९ ले, कैलालीका रोशन साउदले भक्तपुरका मुकेश श्रेष्ठलाई २१–१२, २१–८ ले, सेनाका पविन लिनथेपले एपिएफका विजित थापामगरलाई २१–१५, २१–१० ले, १६ फिदरका क्षितिज खनालले मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थलाई २१–११, २१–७ ले, सेनाका हिमाल चन्दले पुलिसका दीपक बोहराबाट वाकओभर प्राप्त गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । छात्र यु १७ तर्फको प्रतियोगितामा कैलालीका रोशन साउद, सेनाका कविर के.सी., शुभकामना युवा क्लबका सनौला रैनी, सेनाका अनिल मल्ल अन्तिम सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । यस्तै छात्रा तर्फ कैलालीकी रञ्जु राना, सेनाकी रिहाना शेरचनले पनि अन्तिम चारमा स्थान बनाएका छन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP