Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – एनआरटी र फ्रेन्ड्स विजयी
सहिद स्मारक ‘ए’ डिभिजन लिग – एनआरटी र फ्रेन्ड्स विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ६, २०७६
Hardik health
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको आइतबार सम्पन्न दुई खेलमा न्यूरोड टिम (एनआरटी) र फ्रेन्डस् क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३—२ ले पराजित गर्दै एनआरटीले महत्वपूर्ण ३ अंक जोडेको हो भने दोस्रो खेलमा प्रतियोगिताकै अन्तिम स्थानमा रहेको सरस्वतीविरुद्ध फ्रेन्डस्ले ४—१ गोल अन्तरले नतिजा आप्mनो पक्षमा पार्न सफल भयो । बलियो टोली एपीएफविरुद्ध जित दिलाउनका लागि एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे । एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो । खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जीत हात पा¥यो । जीतसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपिएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ । त्यस्तै दोस्रो खेलमा फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक एक गोल थपे । सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए । प्रतियोगिताकै कमजोर देखिएको सरस्वतीविरुद्ध फ्रेन्ड्सले पाँचौं मिनेटमा उत्तमको गोलबाट अग्रता बनाएको थियो । ब्राजिलियन खेलाडी कार्मोले डिबक्सभित्र उपलब्ध गराएको बललाई अनमार्क रहेका भारतीय खेलाडी उत्तमले सहजै गोल गरे । खेलको २४ औँ मिनेटमा फ्रेन्ड्सले अग्रता दोब्बर बनायो । ब्राजिलियन फिलिपे डी सौजाको फ्रिकिक पासमा अर्को ब्राजिलियन साउलोले हेड गोल गर्दै फ्रेन्ड्सको अग्रता २–० को बनाए । दोस्रो हाफमा पनि फ्रेन्ड्सले गोलको क्रमलाई निरन्तरता दियो । खेलको ७० औं मिनेटमा उत्तमको पासमा कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता ३–० को बनाए । लिगमा उनको यो दोस्रो गोल हो । ८० औं मिनेटमा सरस्वतीका बुसारीले हेड गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । तर, ८६ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–१ को सहज जित दिलाए । जारी लिगमा उत्तमको यो तेस्रो गोल हो । सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ । जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ । सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले १ अंक जोडेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP