Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ललितपुर मेयर कप मंसिर पहिलो साता
ललितपुर मेयर कप मंसिर पहिलो साता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
Hardik health
ललितपुर- ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता –२०७९ मंसिर ७ गते बाट सुरु हुने भएको छ । मंसिर १० गते सम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ वर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव रदीप महर्जनले जानकारी गराएका छन् । विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार संचालन हुने प्रतियोगितामा करिव तीन सय  खेलाडीहरुको सहभागिता रहने सचिव महर्जनले बताए । करिव २१ लाख ५० हजारको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजयी खेलाडीहरुले नगद ४० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजयी खेलाडीहरुले २० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै यु–१७ छात्र तथा छात्रा र भेट्रान्स ४५ बर्ष माथिको युगल तर्फका शीर्ष तीन स्थानका विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र ट्रफीका साथै नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजना हुनेछ । “खेलाडीहरुको चापलाई मध्यनजर राख्दै हरिसिद्धिस्थित ब्याडमिन्टन कभर्डहलमा पनि पहिलो चरणका केही प्रतियोगिता आयोजना हुन सक्नेछ”– सचिव रदीपले बताए । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक आफैले गर्ने समेत सचिव महर्जनले जानकारी गराएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP