Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तरराष्ट्रिय भेट्रान्स फुटबलमा २८ टोली
अन्तरराष्ट्रिय भेट्रान्स फुटबलमा २८ टोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
कास्की— पोखरामा सञ्चालन हुने ‘तेस्रो रञ्जित गुरुङ स्मृति, नवौँ बगर भाइ खलक एट ए साइड अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’ प्रतियोगितामा २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ‘स्वास्थ्यका लागि एक घण्टा ब्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने नारासहित खलकले यही माघ ६ देखि ११ गतेसम्म पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेल मैदानमा नवौँ संस्करणको अन्तरराष्ट्रिय भेट्रान्स प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालका पोखरा, काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, कैलालीलगायतका शहरबाट पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टोली तथा भारतको कोलकत्ता र कञ्चनजङ्गा भेट्रान्सका दुई गरी २८ टोलीले प्रतियोगितामा सहभागिता जनाउने आज आयोजित पत्रकार सम्मेलनमा खलकका अध्यक्ष एवं मूलआयोजक समितिका संयोजक दिलबहादुर गुरुङले बताए । अग्रज खेलाडीको सम्मान, समकालीनलाई ब्यायाम तथा नयाँ पिँढीलाई खेलकूद र स्वास्थ्यप्रति जागरुक बनाउँदै ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०६८ देखि निरन्तर प्रतियोगिता गरिँदै आइएको छ । समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाइ कम्तीमा पनि दिनमा एक घण्टा आङ्खनो स्वास्थ्यका लागि ब्यायाम गर्नुपर्दछ भन्ने सन्देश अभियानका रूपमा अघि बढाउनुसमेत प्रतियोगिता आयोजनाको उद्देश्य रहेको गुरुङको भनाइ छ । प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार, रनिङ सिल्ड, पदक र प्रमाणपत्र तथा द्वितीय हुनेले रु ५५ हजार ५५५ पुरस्कार पाउनेछन् । सेमिफाइनल प्रवेश गर्ने टोलीलाई रु १० हजारका दरले पुरस्कार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई समेत रु १० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गोल किपर, डिफेन्स, मिडफिल्डर र फरर्वाडलाई रु पाँच हजारका पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिता उद्घाटनका अवसरमा पूर्व अन्तरराष्ट्रिय खेलाडी एवं पूर्व राष्ट्रिय मुख्य प्रशिक्षक खड्कबहादुर रानाभाटलाई खेल क्षेत्रमो योगदान दिएबापत सम्मान गरिने आयोजकले जनाएको छ । सातौँ संस्करणदेखि आयोजकले पोखरा रत्न एवं खेलकर्मी रञ्जित गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । पृथ्वीनारायण क्याम्पसका खेल शिक्षक गुरुङले पोखरामा टेनिस, हकी, बास्केटबल, क्रिकेट, फुटबल, भलिबललगायतका खेलकूदको विकासमा योगदान गरेकाले महानगरपालिकाले उहाँलाई पोखरा रत्नबाट सम्मान गरेको थियो । ऐतिहासिक टुँडिखेल मैदान संरक्षण तथा तारजाली लगाउँदै मैदान संरक्षण गर्ने कार्यमा समेत खलकले योगदान गरेको बताइन्छ । बगर भाइ खलकका अध्यक्ष गुरुङको अध्यक्षतामा सरोकार भएका सम्मिलित उपभोक्ता समितिले हालै रु १६ लाख २५ हजार ४६९ लागतमा मैदानमा तार जाली लगाएको थियो । मैदान संरक्षणमा संस्थाकातर्फबाट रु एक लाख ५१ हजार सहयोग गरेको बताइन्छ । बगर भाइ खलकमा पूर्व राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी, खेलकूद पदाधिकारी, खेलप्रेमी एवं विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति आवद्ध छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु सोमबार, भदौ २, २०८२
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य सोमबार, भदौ २, २०८२
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै शुक्रबार, साउन ३०, २०८२
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै बिहीबार, साउन २९, २०८२
सनी सिंहले जिते स्वर्ण पदक
सनी सिंहले जिते स्वर्ण पदक मंगलबार, साउन १३, २०८२
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP