Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्याराग्लाइडिङ वल्र्डकप ‘एसियन टुर’ फागुनमा
प्याराग्लाइडिङ वल्र्डकप ‘एसियन टुर’ फागुनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ २, २०७६
पोखरा– फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ) को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ । एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुनलागेको नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष एवम् टुर संयोजक योगेश भट्टराईले जानकारी दिए । बाँकी दुई वटा टुर भने मागका आधारमा एशियाका अन्य दुई देशमा गरिने छ । हाल विश्वकपमा ऐशियाली खेलाडीको सङ्ख्या कम भइरहेको अवस्थामा यस टुरले उनीहरूको संख्या बढाउन मद्दत पुग्ने बताइन्छ । ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा एशियामा हुने तीनवटा टुरबाट शीर्ष स्थानमा रहने पाँचदेखि आठ जनासम्म खेलाडीले सन् २०२१ मा हुने विश्वकपको सुपर फाइनलमा प्रवेश पाउने उनले जानकारी दिए । सुपर फाइनलमा पुग्ने खेलाडीको संख्या भने वल्र्डकप कमिटीले तय गर्ने बताइन्छ । अहिले खेलाडीको अनलाइन दर्ता गर्ने क्रम जारी रहेको बताउँदै तयारीस्वरूप नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए । ‘क्रसकन्ट्री’ विधामा स्पर्धा हुने हुँदा तोकिएको स्थानभन्दा केही परसम्म खेलाडी जानुपर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रतियोगिताको समयमा प्रतियोगितास्थल वरपर जहाज वा हेलिकप्टरको उडान रोक्नका लागि समेत प्राधिकरणसँग आग्रह गरिएको नाले जनाएको छ । प्रतियोगिताबाट साहसिक खेल प्याराग्लाइडिङको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धन हुने भएकाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा  नेपाल
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा नेपाल सोमबार, जेठ ५, २०८२
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य सोमबार, जेठ ५, २०८२
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP