Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम
विकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ७, २०७९
Hardik health
काठमाडाैं -  प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् । २५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । कुमालले आजै विहान भएको हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए ।५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा अए । यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए । ४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । २०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । २०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए । १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । यस्तै सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् । यस्तै २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् । १०० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागी दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले ९ औं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे । उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए ।अशोज ५ र ६ गते आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारण १ दिन ढिलो गरि संचालन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP