Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – पुलिस पराजित, एपिएफ बराबरीमा
सहिद स्मारक ‘ए’ डिभिजन लिग – पुलिस पराजित, एपिएफ बराबरीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०७६
Hardik health
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सोमबार भएको खेलमा बलियो मानिएको विभागीय टिम नेपाल पुलिस क्लब न्यूरोड टिम एनआरटीबाट पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दर्शन गुरुङको निर्णायक गोलसँगै १–० ले एनआरटीले पुलिसविरुद्ध ३ महत्वपूर्ण अंक जोड्न सफल भयो । त्यस्तै दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । एपीएफविरुद्ध बल पोजिसनमा एकतर्फी पटक बनाएको च्यासलले पाएको अवसर गुमाउँदा एक अंकमा चित्त बुझाएको हो । एपीएफले केहि गोलको अवसर खरे फालेको थियो । खेलको १६ औं मिनेटमा नबिन लामाको कर्नरमा आएको बलमा एपीएफका राजन गुरुङको उत्कृष्ट हेड च्यासलका गोलरक्षक एलेन न्यौपानेले पन्च गर्दै गोल हुनबाट बचाए । खेलको २० औं २० मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमायो । सुनिल खड्काले एक डिफेन्डरलाई बिट गरेपनि वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । डिबक्स भित्रबाट हानेको उनको प्रहार एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले बचाए । लगत्तै २५ औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले डिबक्स भित्रबाट हानेको सशक्त प्रहार एपीएफका गोलरक्षक अमृतले पन्च गर्दै बाहिर पठाए । खेलको ३८ औं मिनेटमा एपिएफका रबि थिङको प्रहार च्यासलका गोलरक्षक एलेनले बचाए । यस्तै ५४ मिनेटमा युवराज खड्काको क्रसमा राजिब लोप्चनको हेड पनि एलेनले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए । एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । त्यसअघि एनआरटी र पुलिसबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको प्रहार गोलमा परिणत भएको थियो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन । खेलको ३७ औं मिनेटमा डिबक्स भित्रबाट पुलिसका सुमन लामाको कडा प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पन्च गर्दै गोलको खडेरी टारेका थिए । त्यसअघि खेलको २५ औं मिनेटमा पुलिसका लेङ्खट ब्याक रबिन श्रेष्ठ चोटका कारण मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अन्जन राई मैदान छिरेका थिए । खेलको ४८ औं मिनेटमा पुलिसका मान बहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए । यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट हानेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्न चुक्यो । एनआरटीले पनि केहि अवसर खेर फालेको थियो । खेलको ७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिस गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०७:५३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP