Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट: नवौँ राष्ट्रिय खेलकुद
गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट: नवौँ राष्ट्रिय खेलकुद
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ३, २०७९
aaa
Hardik health
 कास्की - आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ । सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ । पोखरा रङ्गशालामा आज प्रदेशमा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाए । उनले भने, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट वञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP