Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – मच्छिन्द्र शीर्षमा, मनाङको बराबरी
सहिद स्मारक ‘ए’ डिभिजन लिग – मच्छिन्द्र शीर्षमा, मनाङको बराबरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २७, २०७६
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शनिबार सम्पन्न दुई खेलमध्ये एक खेल नतिजाबिहीन र एक खेल हार–जितसहित सम्पन्न भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले जित हात पार्दै लिगको शीर्षस्थानमा कब्जा जमाएको छ । मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा कब्जा जमाएको हो । मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले थप गोल गर्न सकेन । मछिन्द्रले पाएको थप अवसरलाई गोलमा परिणत गर्न सकेन । पहिलो हाफको ४० औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बा अग्रता दोब्बर बनाउन चुके । डिबक्स भित्रबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । यस्तै खेलको ८७ औं मिनेटमा कर्नरमा आएको बललाई सुजल श्रेष्ठले हेडबाट पोस्टको दिशा दिन सकेनन् । जावलाखेलले पनि केहि गोलको अवसर बनाएको थियो । २४ औं मिनेटमा हरि कठायतको सशक्त प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको खुट्टामा लाग्दै बाहिरिएको थियो । जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ । र, मछिन्द्रले अपराजित यात्रा कायम राखेको छ । जितपछि मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ । जावलाखेल पाँचौं स्थानमा रहेको छ । यसैबीच दोस्रो खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । रोमान्चक बनेको खेलमा पाएको अवसरमा गोल गर्न नसक्दा दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । शेर्पासँगको बराबरीसँगै मनाङले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मनाङले ६ खेलमा १२ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । लिगमा मनाङको यो तेस्रो बराबरी हो । मनाङलाई बराबरीमा रोकेको शेर्पाले ६ खेलमा ४ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा रहेको छ । खेलको १२ औं मिनेटमा मनाङका जीवन गुरुङ शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गरेपनि गोल गर्न सकेनन् । उनको बल शेर्पाका डिफेन्डर निरज बस्नेतले क्लियर गरे । खेलको २१ औं मिनेटमा शेर्पाका विनोद गुरुङ खाली पोस्टमा गोल गर्न चुके । मनाङका गोलकिपर दिप कार्की डिबक्स बाहिर आएको अवस्थाले विनोदले डिबक्स बाहिरबाट पोस्ट भन्दा बाहिर प्रहार गरे । २३ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा विमल रानाको हेड क्रस बार माथिबाट बाहिरियो । लगत्तै २५ औं मिनेटमा फेमि जोसुवा गोल गर्न चुके । विमलले डिबक्स भित्र उपलब्ध गराएको बलमा जोसुवाको वन टच प्रहार शेर्पाका किपर किशोर गिरीको खुट्टामा लाग्दै फर्किएको थियो । खेलको ७० औं मिनेटमा भिदाल लुइसको डिबक्स भित्रको प्रहार शेर्पाका किपर किशोर गिरिले उत्कृष्ट बचाऊ गरे । ७२ औं मिनेटमा शेर्पाका स्टेफेन समिरलाई डिबक्सको ठिक बाहिर फउल गरेपछि मनाङका सुरज विश्वकर्माले रातो कार्ड पाएका थिए । यस्तै खेलको ८३ औं मिनेटमा मनाङका विमल रानाले पाएको अवसर सदुपयोग गर्न । काउन्टरमा उनको फितलो प्रहार किशोर गिरीले सहजै बचाए । ८७ औं मिनेटमा शेर्पाका सुरज हमाल गोल गर्न चुके । काउन्टरमा आएको बलमा डिबक्स भित्रबाट उनले प्रहार गरेको बल मनाङका किपर दिप कार्कीले सहजै बचाए । खेलको इन्जुरी समयमा मनाङका विमल पुनः गोल गर्न चुके । डिबक्स भित्रबाट उनले बाहिर प्रहार गरे । इन्जुरी समयमै मनाङका किपर दिप कार्की अघि बढेको अवस्थामा शेर्पाका सुरजको चिप बल पोस्टको नजिकबाट बाहिरिएको थियो । खेलमा म्यान अफ दि म्याच शेर्पाका उर्लिच चुनिए ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु सोमबार, भदौ २, २०८२
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य
टप एण्ड टी-२० सिरिज स् नेपालले पायो एक सय ७६ रनको लक्ष्य सोमबार, भदौ २, २०८२
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै
‘टप एण्ड टी-२० सिरिज’:नेपाल र नर्दर्न टेरिटोरी खेल्दै शुक्रबार, साउन ३०, २०८२
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै
नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै बिहीबार, साउन २९, २०८२
सनी सिंहले जिते स्वर्ण पदक
सनी सिंहले जिते स्वर्ण पदक मंगलबार, साउन १३, २०८२
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP