Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग’ आर्मी र संकटा विजयी
‘सहिद स्मारक ‘ए’ डिभिजन लिग’ आर्मी र संकटा विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०७६
Hardik health
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र संकटा क्लब विजयी भएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दुवै खेल मध्ये पहिलो खेलमा सशस्त्र प्रहरीको विभागीय टिमलाई ४–२ ले र दोस्रो खेलमा सरस्वती युथक्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले जित हात पारेका हुन् । यसजितसँगै आर्मी क्लब लिगको शीर्षस्थानमा समेत उक्लिएको छ । आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए । सरस्वतीविरुद्ध एकतर्फी खेल पस्किएको आर्मीले थुप्रै गोलको अवसर खेर फालेको थियो । खेलको तेस्रो मिनेटमै दिनेश हेम्जनले डिबक्स भित्रबाट क्रसबार माथी प्रहार गरे । यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्ज प्रिन्स गोल गर्न चुके । एकल प्रयासमा गोलकिपर बिट गरेपनि उनले पोस्ट बाहिर प्रहार गरे । उनले प्रहार गरेको बल दोस्रो बारको केही इन्च परबाट गएको थियो । दोस्रो हाफमा पनि आर्मीले केहि अवसर खेर फाल्यो । ५१ औं मिनेट जर्ज प्रिन्स सरस्वतीका गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न चुके । सरस्वतीले पनि केहि अवसर खेर फालेको थियो । २४ औं मिनेटमा सरस्वतीका अबेल एमवान्किनाको प्रहार आर्मीका किपर विकेश कुथुले सहजै बचाए । यस्तै ५४ औं मिनेटमा सरस्वतीका विनोद केसीको डिबक्स भित्रको कडा प्रहार पनि विकेशले विफल बनाईदिए । खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए । आर्मीको यो लिगमा चौंथो जित हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन । त्यसअघि बिहीबार नै सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफमाथि जित निकाल्ने क्रममा संकटाका अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता पनि संकटाले बनाएको थियो । खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २–० ले अघि रह्यो । कर्णको यो संकटाको लागि पहिलो गोल समेत हो । ५३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेल ३–१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । तर, खेलको ८८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–२ को जित दिलाए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP