Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पोखरा स्पोर्ट्स अवार्ड–२०७८को उपाधि शाही र खड्कालाई
पोखरा स्पोर्ट्स अवार्ड–२०७८को उपाधि शाही र खड्कालाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १९, २०७९
Hardik health
कास्की- पोखरामा हिजो साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहेकी शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरिन् । खेलाडीले पछिल्लो एक वर्षका अवधिमा खेलेको राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ । शाहीले आफूसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जित्न सफल भएकी हुन् । यसैगरी टेनिसका  प्रदीप खड्काले पुरुषतर्फ मनोनयनमा परेका ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उनले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरे । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भट्टलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन्। उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हाँसिल गरेका छन् । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो संघ  र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गरेका छन् । उत्कृष्ट सबै जनालाई जनही रु ३५ हजार र ट्रफी प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी, खेल सङ्घ तथा खेल पत्रकारलाई मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङलगायतले पुरस्कार वितरण गरेकी थिइन् । मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP