Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #बर्ड फ्लु
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ११, २०७६
rangashalakhelmaidan copy
RBB RBB
  कास्की– दक्षिण एशियाली राष्ट्रहरूबीचको खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता १३औँ दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माणका चरणमा छन् । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गत आठ खेल पोखरामा खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन । पर्यटकीय फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन हुने बिच भलिबलको पूर्वाधार निर्माणको काम जारी छ । खेलाडी परिवर्तन कक्ष तथा शौचालय निर्माण सम्पन्न भए पनि मैदानमा बालुवा हालेर खेल्नयोग्य बनाउन बा“की छ । अस्थायी प्यारापिटसमेत राखिएको छैन । बिच भलिबलको हाल भइरहेको एक कोर्टको स्तरोन्नति हुँदै छ भने थप तीन नयाँ कोर्ट निर्माण गरिएको छ । राष्ट्रिय खेलूकद परिषद् (राखेप)ले सम्बन्धित खेल सङ्घलाई नै पूर्वाधार निर्माणको जिम्मा दिएको छ । जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली दुईतीन दिनभित्र खेलको सम्पूर्ण पूर्वाधार तयार हुने बताउ“छन् । कात्तिक पहिलो हप्तादेखि निरन्तर काम भइरहेको बताउँदै उनले भने, ‘मैदान स्तरोन्नति सकिएको छ, अब बालुवा हाल्न मात्र बा“की छ, प्यारापिटका लागि दुई दिनभन्दा बढी समय लाग्दैन ।’ सागमा समावेश गरिएको महत्वपूर्ण प्रतियोगिता महिला फुटबल निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा खेलाउने योजनानुसार दु्रतगतिमा मैदानमा दुबो रोप्ने तथा प्यारापिट हाल्ने काम चलिरहेको छ । मैदानमा रोपिएको आधाभन्दा बढी दुबो मरेपछि त्यसलाई अहिले विस्थापन गरिएको छ । दुबो रोपिएको दुई सातासम्म मैदान खेल्नयोग्य नभए पनि खेलको दौरान जहाँ–जहाँ दुबो उप्किन्छ, त्यहाँ नयाँ राख्नका लागि दुबो जगेडामा राखिएको छ । दश हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने योजनानुसार मैदानका पश्चिमतर्फ पाँच हजार सिट जडान गरिसकिएको छ । पूर्वतर्फ पनि पाँच हजार सिट क्षमताको प्यारापिट तथा सिट जडान बाँकी छ । गत वर्षको असारमसान्तसम्म निर्माण गरिसक्ने गरी फुटबल रङ्गशालाको ठेक्का सम्झौता गरिए पनि पूर्णरूपमा रङ्गशाला तयार हुन अझै चार महिना लाग्ने निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले बताए । महिला क्रिकेटको पोखरा रङ्गशालाभित्रको पिचका लागि सामग्रीसमेत अझसम्म आइपुगेको छैन । दर्शकको सुविधाका लागि रङ्गशालाको वरिपरि अस्थायी प्यारापिट तथा ‘चेञ्जिङ कक्ष’ निर्माण बाँकी छ । मैदानको घाँस काट्ने तथा पिच गर्नका लागि माटो भर्ने काम सकिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
थाइल्याण्डको बलियो लक्ष्य सामना गर्दै नेपाल
थाइल्याण्डको बलियो लक्ष्य सामना गर्दै नेपाल मंगलबार, जेठ ६, २०८२
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा  नेपाल
पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा नेपाल सोमबार, जेठ ५, २०८२
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य
महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपाललाई ११५ रनको लक्ष्य सोमबार, जेठ ५, २०८२
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि सोमबार, जेठ ५, २०८२
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई
प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई आइतबार, जेठ ४, २०८२
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP