Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आईपीएलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स फाइनलमा भिड्दै
आईपीएलमा गुजरात टाइटन्स र राजस्थान रोयल्स फाइनलमा भिड्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १५, २०७९
ipl_
Hardik health
काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलको १५औं संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि पहिलो पटक आईपीएल खेलिरहेको गुजरात टाइटन्स र १४ वर्षपछि फाइनल पुगेको राजस्थान रोयल्स भिड्दैछन् । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ८:१५ बजे सुरु हुनेछ । हार्कस पाण्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो पटक आईपीएल खेल्दा नै फाइनल पुगेर उपाधि नजिक पुगेको हो । लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।कालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर राजस्थानले फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको हो । सन्जु सामसनको कप्तानीमा राजस्थानले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । हार्दिकको कप्तानी रहेको गुजरातका लागि डेविड मिलर, रासिद खान, शुभमन गिल, ऋद्धिमान शाह, राहुल तेवाटिया, मोहम्मद शामी, लकी पर्गुसनल लगायतले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । राजस्थानको टिममा पनि यस पटक उत्कृष्ट खेलाडीहरु छन् । ओपनर जोस बटलरले यस सिजन चार शतक प्रहार गरिसकेका छन् र उनी उत्कृष्ट फर्ममा छन् । कप्तान सन्जु सामसन पनि राम्रो खेलिरहेका छन् । लोअर अर्डर शिम्रोन हेटमायर र रियान परागले सम्हालिरहेका छन् । रियानको फिल्डिङ पनि उत्कृष्ट रहेको छ । बलिङमा रविचन्द्र आश्विन र युजभेन्द्र चहलको स्पीन जोडीले उत्कृष्ट प्रदर्शन गर्दा ट्रेन्ट बोल्ट र प्रसिद कृष्णाले फास्ट बलिङ सम्हालिरहेका छन् । लिग चरण र प्लेअफमा गरी गुजरात र राजस्थान दुई पटक भेट हुँदा दुवै पटक गुजरात विजयी भएको थियो । लिग चरणमा गुजरातले राजस्थानलाई ३७ रनले पराजित गरेको थियो ।यसअघि राजस्थानमाथि हावी भएकाले गुजरातलाई फाइनलमा पनि केही फाइदा मिल्नेछ । यसअघिको लयलाई काम राख्दै पहिलो पटक उपाधि जित्ने लक्ष्यमा गुजरात छ । उता राजस्थानको लागि गुजरात विरुद्ध यसअघिका हारको बदला लिने अवसर आएको छ । यदि गुजरातले उपाधि जिते २०१६ पछि आईपीएलले नयाँ विजेता पाउनेछ । पहिलो संस्करणमा उपाधि जितेपछि फाइनल पुग्न १४ वर्ष कुर्नुपरेको राजस्थानले उपाधि जितेमा एक भन्दा बढी उपाधि जित्ने चौथो टिम बन्नेछ । अहिलेसम्म मुम्बई इन्डियन्सले सर्वाधिक ५ पटक उपाधि जित्दा चेन्नाई सुपर किंग्सले ४ र कोलकता नाइट राइडर्सले २ पटक उपाधि उचालेका छन् । राजस्थानसँगै डेक्कन चार्जर्स र सनराइजर्स हैदरावादले एक(एक पटक आईपीएलको उपाधि जितेका छन् ।  
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP