Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • धर्मश्रीलाई काठमाडाैं महानगरको साथ
धर्मश्रीलाई काठमाडाैं महानगरको साथ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
Dharmasree
Hardik health
काठमाडाैं - खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाडाैं महानगरपालिकाको मुख्य प्रायोजन रहने भएको छ । सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाडाैं महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन रहेकाे पत्रकार सम्मेलनमा बताइएकाे छ  । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ  । आयाेजका अनुसार १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।  खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फ यो नै सर्वाधिक पुरस्कार रासी रहेको प्रतियोगिता हो । यस अघिको संस्करणमा बिजेताको पुरस्कार रासी ५ लाख रहेको थियो ।२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो । २०५० सालमा पहिलो पटक रविन सन शाक्यले धर्मश्रीको उपाधी हात पारेका थिए । २०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बहादुर गुरुङ्ग, २०५५ मा जीवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिष श्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ्ग, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ मा अर्जुन वर्णवाल र २०७५ मा मिलन सिजापतीले धर्मश्रीको ताज पहिरी सकेका छन् । शारिरीक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको छ । २०७९ वैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुने जनाइएकाे छ । फाइनल चरणका खेल वैशाख २४ गते हुने आयाेजकले जनाएकाे छ  । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।प्रत्येक विधामा प्रथम स्थान हाँसिल गर्ने खेलाडीहरुबीच अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने  जनाइएकाे छ । आयाेजकका अनुसार प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिने जनाइएकाे छ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै
चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै मंगलबार, कात्तिक ११, २०८२
नेपालले भारतलाई २-१ ले  पराजित
नेपालले भारतलाई २-१ ले पराजित सोमबार, कात्तिक १०, २०८२
अफगानिस्तानसँग नेपाल पराजित
अफगानिस्तानसँग नेपाल पराजित आइतबार, कात्तिक ९, २०८२
क्रिकेटमा अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत
क्रिकेटमा अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत आइतबार, कात्तिक ९, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो
आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो आइतबार, कात्तिक ९, २०८२
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP