Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण
एन्फा र स्थानीय तह चुनावको मारमा महिला लिगको दोस्रो चरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
Hardik health
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गत महिना राष्ट्रिय महिला लिगलाई मोफसलमा लैजाने निर्णय लिँदै स्थानीय निकायसँग सम्झौता गरे । सम्झौताअनुसार लिगको पहिलो चरण चितवनको शारदानगर र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा हुने पक्का भयो । जसअन्तर्गत १० चैतबाट सुरु भएको पहिलो चरण ३० चैतमा सम्पन्न भयो । यसपछि दोस्रो चरण पूर्वी नेपाल पुग्ने गरि महिला लिगले विश्राम पायो । तर, विश्राम समयमा समेत सुदूरपश्चिमको कैलाली, धनगढीमा महिला गोल्डकप हुने भयो । धनगढी रंगशालामा आयोजना भएको पहिलो मुख्यमन्त्री विवाइसी गोल्डकप शनिबार समाप्त भयो । चिरपरिचित विभागीय टोली एपीएफ फुटबल क्लबको घरेलु फुटबलमा रहेको दबदबा तोड्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले उपाधिसमेत जित्यो । तर, महिला लिग सकिएको १२ दिन भइसक्दासमेत दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन । एन्फाको चार वर्षे कार्यकालका लागि तय ६ असारको चुनाव र स्थानीय तहको चुनाव (३० वैशाख) का कारण महिला लिगलाई प्रत्यक्ष असर गरेको छ । एकातिर एन्फा चुनावका लागि दौडधुप र अर्का तिर आयोजना गर्ने भनेको स्थानीय सरकारको मौनताका कारण महिला लिगको दोस्रो चरणको तालिका सार्वजनिक हुन सकेको छैन । ‘हाम्रो योजनाअनुसार १५ वैशाखबाट दोस्रो चरण सुरु गर्ने हो । तर, योजनाअनुसार काम हुन पाएको छैन,’ एन्फाअन्तर्गत रहेको महिला विभाग प्रमुख हरि खड्का भन्छन् । खड्का अनुसार यही सोमबार र मंगलबार दोस्रो चरणको बारेमा बैठक बस्दै छ । सोही बैठकले आगामी लिगको मिति र तालिका सार्वजनिक गर्नेछ । यही बीचमा एन्फाअन्तर्गत रहेका रेफ्री संघ र महिला संघको समेत चुनाव हुँदा महिला लिग प्रभावित बनेको स्रोत बताउँछ । यस्तै स्थानीय आयोजकले चुनावका कारण आयोजनालाई मध्यनजर नगर्दा प्रतियोगिता थकेलिने अवस्थामा पुगेको हो । ‘एन्फाको महिला संघ र रेफ्रीसंघ चुनावका कारण पनि प्रभावित भएको हो । अहिले सबै यतै (उपत्यका) मा व्यस्त छन् । अर्काे भनेको स्थानीय चुनावका कारण स्थानीय आयोजकले तीव्रता नदिँदा र ‘ओके’ नभनेकाले प्रतियोगिताको अन्योलता थपिएको हो,’ एन्फा स्रोत भन्छ । हाल सी र बी डिभिजन मताधिकार र प्रतिनिधि छनोटसँगै जिल्ला निर्वाचन भइरहेको छ । अधिकांश जिल्लाको चुनाव सकिँदा केही विवादमुक्त हुन नसकेका जिल्लाको चुनाव भने बाँकी नै छ । यस्तै प्रशिक्षक संघले सर्वसम्मतमा अध्यक्ष पाउँदा, महिला, रेफ्री र खेलाडी संघले समेत सर्वसम्मतमा अध्यक्ष पाउने निश्चित छ । तर शीर्ष पदाधिकारीदेखि नै महिला संघ, महिला कमिटी, रेफ्री संघ चुनावी माहोलमा उत्रिँदा महिला लिगको दोस्रो चरण अनिश्चित बनेको छ । यसअघि शारदानगरमा भएको महिला लिगमा सात चरणका खेल सकिएका छन् । जहाँ २८ खेल हुँदा दुई आत्माघाती र ६ ह्याट्रिक सहित १२५ गोल भए । आठ टिम सहभागी लिगमा चोटबाट रिकवरी हुँदै मैदान फर्किएकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) १४ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP