Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगञ्ज उपमहानगरपालिकाका असल अभ्यासहरु
नेपालगञ्ज उपमहानगरपालिकाका असल अभ्यासहरु
admin123
admin123 आइतबार, असार ८, २०७६
krishnahari-baskota
- कृष्णहरि बास्कोटा - मुलुकका ठूला र ऐतिहासिक नगर मध्ये नेपालगञ्ज पनि एउटा विख्यात शहर हो । यस शहरमा बागेश्वरी असल शासन क्लब (बास) नामक संस्थामा थुप्रै भ्रष्टाचार बिरोधी एबं सुशासनका पक्षधर युवाहरु एकताबद्ध भएका छन् । यस संस्थाले यस पंत्तिकारलाई बिभिन्न कार्यक्रममा आमन्त्रण गर्ने सन्दर्भमा एकपटक नेपालगञ्ज उपमहानगरपालिकाका निर्बाचित जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिने गरी आमन्त्रण गर्यो  । उक्त संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहको निमन्त्रणासंगै यो पंत्तिकार २०७५ जेठ महिनामा नेपालगञ्ज पालिका पुग्यो । सो पालिकामा  अन्तरक्रिया गर्दा त्यहाँका मेयर डा. धवल शम्सेर राणाले आफ्नो मासिक तलबभत्ता बिभिन्न रचनात्मकम काममा खर्चिने गरेको कुरा जानकारी भयो । यसैगरी यो पालिका सरसफाईको महाअभियामा पनि जुटेको पाईयो । साथै अन्तरक्रियामा उपमेयर उमा थापा मगर र वडा अध्यक्ष एवं वडा सदस्यहरुले प्रर्दशन गर्नु भएको उत्साहले यो पंत्तिकार नेपालगञ्ज उपमहानगरपालिकाबाट सम्पादित असल अभ्यासहरु संकलन गरी एउटा आलेख तयार गर्ने निष्कर्षमा पुग्यो, जसको प्रतिफल आज पाठक समक्ष उपस्थित भएको छु । नेपालगञ्ज उपमहानगरपालिका आफ्नो पालिकालाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ अघि बढेको छ । जसअनुसार व्यवस्थित र स्मार्ट सिटी निर्माणका लागि उपमहानगरपालिकाले महत्वपूर्ण योजनाहरु संचालन गरिआएको छ । यो पालिका नगरका अधिकांश क्षेत्रमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माणको काममा तिब्रताका साथ जुटेको छ ।  यस उपमहानगरपालिकाले नेपालगञ्जको न्यूरोडस्थित आफनो स्वामित्वमा रहेको खाली जग्गामा सपिंग कम्प्लेक्स भवन निर्माणको सोच बनाएको छ । पालिकाको आठ कठ्ठा  क्षेत्रफलमा बन्ने अत्याधुनिक सात तले भवनका लागि उपमहानगरपालिकाले रु ५ करोड वजेट छट्याएको छ । जर्मनी सरकारको सहयोगमा तयार पारिएको भवनको विस्तृत परियोजना प्रतिवेदनलाई पालिकाले औपचारिक रुपमा पारित गरिसकेको छ । यस भवन निर्माणका लागि नगर विकास कोषसँग सहुलियतमा ऋण र अनुदान माग गरिने योजना रहेको पालिकाले जनाएको छ । यो भबन अत्याधुनिक हुनुका साथै यस्को अण्डरग्राउण्ड पार्किङ्ग समेत हुनेछ । यसरी श्रृण लिएर अत्याबश्यक र लाभप्रद काम गर्न सकिने बिषयका बारेमा मुलुकका अन्य पालिकाहरुले नेपालगंजबाट सिक्न सक्ने देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले मंगल प्रसाद मावि परिसरमा महिला कलेज निर्माणको प्रक्रिया अघि बढाएको छ । यस क्याम्पसका लागि रु ८ करोड बजेट बिनियोजन गरिएको छ । यो क्याम्पस स्थापना भए पछि मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने विश्वास लिईएको छ । यस कलेजमा ४० कोठा रहनेछ । यसैगरी नेपालगञ्ज पालिकाले अन्तराष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ । साढे चार बिगाहा क्षेत्रफलमा टर्मिनल भवन, सपिङ्ग बिल्डिङ्ग, शौचालय, चमेनागृह, पक्की पार्किङ्गसमेत निर्माण गरिनेछ । यो काम नेपालगञ्ज पालिकाले नगर विकास कोषको ऋण लगानीमा सम्पन्न गर्दैछ । यसरी लिईने ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको दस्तुतबाट तिर्ने पालिकाको लक्ष्य रहेको छ । यस्को लागत रु १४ करोड ९४ लाख रहेको छ । यी काम पनि मुलुकका अन्य पालिकाहरुका लागि अनुशरणयोग्य छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाईलाई पनि अत्यन्तै प्राथमिकतामा राखेको छ ।  यस पालिकाको निर्माणाधिन ल्याण्डफिल्ड साइट छिटृै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । बाह्र बिगाहा क्षेत्रफलमा निर्माणाधिन ल्याण्ड फिल्ड साइट क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत बन्दैछ । यो काम एशियाली विकास बैङ्कको ८० प्रतिशत ऋण अनुदान, शहरी विकास कोषको १५ प्रतिशत ऋण तथा नेपालगञ्ज उपमहानगरपालिकाको ५ प्रतिशतसहित कूल रु ३९ करोड लागतमा निर्माण सम्पन्न हुँदैछ । दैनिक २५ देखि ३० टनसम्म जम्मा हुने नगरको फोहरलाई ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । यसबाट दैनिक सरसफाईसँगसँगै सडकको सरसफाईलाई पनि तिव्रता दिइएको पालिकाले जनाएको छ । यस पालिकाले छाडा पशु चौपायाको व्यवस्थापनका लागि खुला काञ्जी हाउस निर्माण गरेको छ । साथै गौशाला निर्माणको प्रक्रिया पनि अघि बढाइदैछ ।  चार विगाहा १२ कठ्ठा क्षेत्रफलमा रहेको काञ्जी हाउसमा हाल करिब सवासय पशु रहेका छन् ।  सडकमा छाडिएका अधिकांश पशु रोगी, अस्वस्थ र वृद्ध रहेकाकारण काञ्जी हाउसमा तिनको पालनमा पनि अनेकन समस्याको सामना गर्नु पर्ने अवस्था रहेको छ । तथापी उपमहानगरपालिकातर्फबाट संरक्षित पशुको आहार, उपचार लगायतको व्यवस्था गरिएको छ । यस्ता नेपालगंज पालिकाका कामबाट पनि अरु पालिकाले सिक्न सक्ने देखिन्छ । नेपालगञ्ज पालिकाले २७ ओटा विभिन्न कानूनहरु पारित गरी कार्यान्वयनमा ल्याईएको छ । यस पालिकाले वडा कार्यालयहरुलाई बजेट तथा कार्यक्रमको अख्तियारी दिएर सम्वन्धित वडा कार्यालयहरुबाटै खर्च गर्ने र अभिलेख राख्ने तथा लेखापरीक्षण गराउने जिम्मेवारी दिई कार्यसम्पादनलाई सहज बनाईएको छ । यस उपमहानगरपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको कार्यान्वयन तथा प्रगति सम्वन्धमा सवैलाई जानकारी गराउनको लागि वेवसाईट तथा मोवाइल एप्स सञ्चालनमा ल्याईएको छ । यो कार्य पनि नमूनाकोरुपमा रहेको देखिन्छ । यस पालिकामा कार्यरत कर्मचारीहरुलाई समय पालनालाई नियमित बनाउन विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।  यसैगरी नगरवासी तथा सेवाग्राहीको गुनासो सुन्ने र सम्वोधनको पहलका लागि टोल फ्रि नम्वरको व्यबस्था गरिएको छ । साथै यस उपमहानगरपालिकामा सञ्चालित कार्यक्रमहरु तथा सूचनाहरु नियमित जानकारीका लागि डिजिटल नोटिस बोर्डको व्यवस्था पनि गरिएको छ । नेपालगञ्ज पालिकाले समाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्तालाई ई—माध्यमबाट व्यवस्थित गरी आएको छ । जसअनुसार सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई बैंक मार्फत वितरण गरिने व्यवस्था मिलाईएको छ । साथै यस्तो भत्ता केहि वडाहरुमा बैंकहरुले वडाबाट नै वितरण गर्न शुरुवात गरेका छन् । नेपालगञ्जका पर्यटकीय क्षेत्र अन्तर्गत रानी तलाउ बोटिङ्ग विहारलाई पालिकाले सञ्चालनमा ल्याएको छ । यसैगरी महेन्द्रपार्क तथा वाटर पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस पालिकाले यात्रुको सुरक्षा तथा सहज आवागमन, व्यवस्थित यातायात सञ्चालन र नगरको सौन्दयर्ताका लागि ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर पार्किङ्ग स्थल पहिचानको कार्यअघि बढाएको छ । जसअनुसार हालसम्म ५५ ठाउँमा पार्किङ स्थल तोकिएको छ । यस पालिकाद्धारा धार्मिक तथा पर्यटकिय केन्द्रका रुपमा रहेको बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिदैछ भने पूर्वतर्फ रहेको खाली जग्गामा सपिंग कम्प्लेक्स निर्माणका लागि डिपिआर तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । यसरी नेपालगञ्ज उपमहानगरपालिका आफ्नो गन्तव्यमा निरन्तर अघि बढिरहेको छ ।  नेपालगञ्ज पालिकाले सुर्खेतरोड लगायतका क्षेत्रमा रहेका फुटपाथ पसलहरुलाई व्यवस्थित गर्ने कार्य आरम्भ गरेको छ । जसअनुसार मनिकापुरदेखि गणेशमान चौकसम्मका विभिन्न स्थानहरुको पहिचान गरी व्यवस्थित गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यसैगरी उपमहानगरपालिकाले उपमहानगरलाई खुला दिसामुक्त बनाईसकेको छ । अहिलेसम्म १५ वटा वडा खुला दिसामुक्त वडा घोषणा भईसकेका छन् । यो पलिका अधुरो सडक, ढल, नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास वैंकबाट क्षेत्रीय शहरी विकास आयोजनामार्फत दोस्रो चरणमा पनि सडक पिच र ढल निर्माणको कामको तयारीमा जुटेको छ । यस्का लागि रु १ अर्ब ७१ करोड वजेट रहेको छ ।  यसरी नेपालगञ्ज पालिका नगरमा थप ९० किमि सडक निर्माण गर्ने लक्ष्यमा अघि बढेको छ । नेपालगञ्ज शहरको एउटा समस्या भनेको पानी जम्ने पनि हो । यसर्थ पालिकाले पानी, फोहर जम्ने समस्याबाट नगरवासीलाई राहत दिन ढल, नाली निकासको उचित व्यवस्थापन गर्दैछ । यस बर्ष करिब ४० किमि ढल, नाला निर्माण हुँदैछ । पलिकाले यस नगरक्षेत्रभित्र ६ मिटर भन्दा कमको बाटो निर्माण गर्न वन्देज लगाएको छ । साथै पालिकाले भवन आचार सहिंतालाई पनि कडाईका साथ लागू गर्दैछ । यो पालिका सबै सरकारी भवन निर्माणलाई अपाङ्गतामैत्री तुल्याउने अभियानमा पनि जुटेको छ । नेपालगञ्ज कान्ति ताललाई अत्याधुनिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्र्दैछ । यो पालिका आफ्नै खुटृामा उभ्भिन आन्तरिक राजश्वको दायरा फराकिलो पार्न पनि लागिपरेको छ । यसैगरी नेपालगञ्ज उपमहानगरपालिका सरकारी, एैलानी जग्गा अतिक्रमण रोक्नुका साथै तिनको संरक्षण र  सम्वद्र्धनमा पनि जुटेको छ । यो पालिकाले वैकल्पिक रंगशाला निर्माणका लागि जग्गा खोजिरहेको छ । यस उपमहानगरपालिकाको समग्र विषयवस्तु समेटिएको नगर प्रोफाइल पनि निर्माण हुँदैछ। नेपालगञ्ज पालिकाले आफुलाई मानवीयता सहयोगका काममा पनि संलग्न गराएको छ । जसअनुसार अत्यधिक चिसोबाट पीडित नगरवासीलाई चौक चौकमा आगो बाल्ने व्यवस्था गर्नुका साथै  केही परिवारलाई कम्वल वितरण गरेको छ । यस्तै बाढी प्रभावितलाई पनि पालिकाले राहत उपलव्ध गराएको छ । यस पालिकाले मातृ मृत्यूदर कम गर्न स्वास्थ्य स्वयंसेविकामार्फत मोवाईल हेल्प सेवा प्रारम्भ गरेको छ । यो पालिका नगरमा चाँडै नै सीसीटीभी जडान गरी सुरक्षा प्रवन्ध मिलाउन आतुर छ । यसैगरी यो पालिका आफुलाई प्लाष्टिकमुक्त र बालमैत्री नगर घोषणा गर्ने तरखरमा छ । यस्ता नेपालगञ्ज पालिकाका काम र पहलहरुले मुलुकका अन्य पालिकाहरुलाई उत्प्रेणा पैदा गर्न सक्ने विश्वास लिन सकिन्छ । नेपालभरि रहेका ७५३ ओटा पालिका मध्ये तुलनात्मकरुपमा राम्रो काम गर्ने पालिकाको पंत्तीमा नेपालगञ्ज उपमहानगरपालिका पनि पर्दछ । यसो भनेर अब यस पालिकाले केही पनि गर्न बाकी छैन भन्ने होईन । यस पालिकाका जनताको सरसर्ती बिचार बुझ्दा वडागतरुपमा यस पालिकाले प्राथमिकता दिनु पर्ने क्षेत्रहरु पहिचान भएका छन् । जसअनुसार वडा नं १ मा  पर्यटकिय क्षेत्र बिकास, बाटो र ढलको निकासको काम गर्न जरुरी छ भने वडा नं २ मा बागेश्वरी मन्दिरको सम्वद्र्धन, प्रचार, प्रसार, बजार व्यवस्थापन गर्न र फराकिलो सडक निर्माण गर्न आबश्यक देखिएको छ ।  वडा नं ३ मा साँघुरो सडकलाई फराकिलो बनाउनु पर्ने, एकलैनी क्षेत्रमा पैदल हिँड्ने मात्र व्यवस्था मिलाउनु पर्ने, सामाजिक सद्भावका लागि निरन्तर कार्य गर्नु पर्ने र सामाजिक सद्भाव स्थल निर्माण गर्नु पर्ने बोध भएको छ । यसैगरी वडा नं ४ मा लागु पदार्थ नियन्त्रणसम्बन्धी बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, ढल निकासको व्यबस्था गर्नुपर्ने, आधुनिक एबं व्यवस्थित पशु बधशाला व्यवस्थापन गर्नुपर्ने, घरघरमा पशु काटेर गरिने मासुको व्यापारमा परिबर्तन गर्नुपर्ने देखिन्छ । नेपालगञ्ज पालिकाको वडा नं ५ मा अपाँगता भएका व्यक्तिहरुलाई बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, जेष्ठ नागरिक प्रतिक्षालय बनाउनु पर्ने आबश्यक्ता बोध हुन्छ भने वडा नं ६ मा हँडियाबाबाको संरक्षण गर्नुपर्ने, युवाहरुका लागि खेलुकदका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । यसैगरी वडा नं ७ मा पिछडा बर्गका लागि बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, बिद्यालय लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने र वडा नं ८ मा सामाजिक सद्भावका लागि बिशेष कार्यक्रम गर्नुपर्ने, रानीतलाउलाई पर्यटकिय क्षेत्र बनाउनु पर्ने, मधेशी महिलाहरुका लागि बिभिन्न तालिमहरु दिनु पर्ने महशुस हुन्छ । नेपालगञ्जको वडा नं ९ मा घरेलु मदिरा बिस्थापित गर्नुपर्ने, लागु औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, ताल, तलैयाको संरक्षण गर्नु पर्ने, बाल मन्दिरलाई प्रयोगमा ल्याउने व्यवस्था गर्नुपर्ने र वडा नं १० मा सडक बत्तिको व्यवस्था गर्नुपर्ने, प्रहरी बिट राख्नुपर्ने, लागु औषध बिरुद्ध बिशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुशासन चौतारी स्थापना गर्नुपर्ने, बाल क्लबहरु बिस्तार गर्नुपर्ने, झोले डाक्टरहरुलाई व्यवस्थित गर्नुपर्ने जनताको माग छ । नेपालगञ्जको वडा नं ११ मा लागु औषध नियन्त्रण गर्ने, सडकमा दुर्गन्ध फैलाउने गरी बेचिने सेकुवा पसलहरुलाई व्यवस्थित गर्नुपर्ने, बालश्रम बिरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने, वडामा रहेका बिद्यालयहरुको स्तरोन्नति गर्नुपर्ने, फोहर व्यवस्थापन गर्नु पर्ने र वडा नं १२ मा घरेलु मदिरा व्यवस्थापन गर्नुपर्ने, भेरी प्राविधिक अगाडिको बाटो पिच गर्नुपर्ने, चिडिमारहरुका लागि बिशेष कार्यक्रम गर्नुपर्ने, लागु औषध नियन्त्रण गर्नुपर्ने बुझिन्छ । यसैगरी वडा नं १३ मा ईट भट्टामा रहेका बालश्रमिकहरुको उद्धार, ईट्टा भट्टाको व्यवस्थापन, लक्षित बर्गलाई सिपमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने आबश्यक्ता छ ।नेपालगंजको वडा नं १४ को महेन्द्रनगरमा रहेको तालिम प्रशिक्षण केन्द्रलाई व्यवस्थापन गर्नुपर्ने, गैससहरुका नाममा रहेका पूराना भवनहरु सरकारीकरण गर्नुपर्ने र वडा नं १५ मा लागु औषध बिरुद्ध एबं सामाजिक सद्भावका कार्यक्रम संचालन तथा सिमा सुरक्षा गर्नु पर्ने  हुन्छ । यसैगरी वडा नं १६ मा लागु औषध नियन्त्रण, बाल श्रम बिरुद्ध बिशेष कार्यक्रम, सकारात्मक सोचको बिकासका लागि कार्य गर्ने, धुम्रपान बिरुद्ध बिशेष कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ । यस अतिरिक्त वडा नं १७ मा बाल श्रम बिरुद्ध बिशेष कार्यक्रम संचालन गर्ने, अबैध पैठारी बिरुद्ध सचेतना फैलाउने र वडा नं १८ मा लागु औषध नियन्त्रण, सद्भाव अभिबृद्धि कार्यक्रम, नगर सभा गृहलाई पूर्णता दिनु परेको छ । साथै वडा नं १९ मा लागु औषध बिरुद्ध कार्यक्रम, जेष्ठ नागरिकलाई बिशेष कार्यक्रम, सडक बिस्तार, सुधार, बाल क्लब व्यवस्थापन, ताल, तलैया संरक्षण गर्नुपर्ने, वडा नं २० मा बिमानस्थलको स्तरोन्नति, चिल्ड्रेन पार्क, प्रहरी बिट स्थापना गर्नु पर्ने, वडा नं २१ मा साक्षरता, सडक बिस्तारका कार्यक्रम गर्ने र वडा नं २२ मा ताल, तलैयाको संरक्षण, किङ्गरियन पुरुवाको बिकास गर्नुपर्ने महशुस भएको छ । यसैगरी वडा नं २३ मा ल्याण्डफिल साईडको सुरुवात  गर्नुपर्ने हुन सक्छ । यस्ता आबश्यक्ताको पहिचान गर्न यस पंत्तीकार भन्दा स्वयं पालिका नै सक्षम रहेको सत्यता प्रष्टै छ । अन्त्यमा, नेपालगञ्ज उपमहानगरपालिकाले डुबानबाट नगरलाई जोगाउने, शहरलाई धुलोरहित बनाउने, सडक पूर्बाधारमा जोड दिने, ढल निर्माणमा प्राथमिकता केन्द्रित गर्ने र पर्यटन प्रबद्धनका लागि ऐतिहासिक, धार्मिक एबं पर्यटकिय स्थलको संरक्षण गर्न आफ्नो शक्ति खर्चिनु पर्छ । यसैगरी पुर्ननिर्माणको काम सम्पन्न गर्ने, सबै सडकको स्तरोन्नति गर्ने, रानीतलाउ र वाटरपार्कको  पुर्ननिर्माण गर्ने, बागेश्वरी मन्दिरको प्रसिद्धि बृद्धि गर्ने र महेन्द्रपार्क व्यबस्थापन गर्ने जस्ता जिम्मेवारी नेपालगञ्ज पालिकाको कांधमा आएको छ । यी सबै कार्य सफलतापूर्बक सम्पन्न गर्न यस पालिकालाई सफलता मिलोस् यही शुभकामना छ ।   — प्रमुख, राष्ट्रिय सूचना आयोग
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP