Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ‘कालिका कप’ भलिबल सुरु
‘कालिका कप’ भलिबल सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २५, २०७८
राष्ट्रिय_भलिबल_प्रतियोगिता_चैत_२१_देखि_हुने9880
Hardik health
बाग्लुङ– आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । चैत्राष्टमी मेलाका अवसरमा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे । मेलाको मुख्य आकर्षणका रूपमा रहेको भलिबल प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएको खेल संयोजक अर्जुन खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफीसहित रु तीन लाख, दोस्रोले रु एक लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ । विगतको तुलनामा यसपालि पुरस्कारको राशि बढाइएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गर्दै आएको चैत्राष्टमी मेलामा भलिबल प्रतियोगिता निरन्तर समावेश हुँदै आएको छ । खुला प्रतियोगिता रहेकाले बाहिरी जिल्लाका खेलाडी टोलीले पनि प्रतियोगितामा भाग लिएको खेल उपसमितिका सदस्य किशोर थापाले बताए । ‘आज उद्घाटन खेल मात्र भयो, अरु खेल शुत्ररबार बिहानैदेखि सुरु हुन्छन्, फाइनल स्पर्धा मेलाको अन्तिम दिन यही चैत २८ गते हुन्छ’, उनले भने । खुला प्रतियोगिता भएकाले खेल रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ । कोभिड–१९ ले विगत दुई वर्षसम्म चैत्राष्टमी मेला रोकिएपछि भलिबललगायतका प्रतियोगिता पनि प्रभावित बनेका थिए । अहिले महामारी थामिएर स्थिति सहज बनेपछि मेलाको आयोजना गरिएको हो । खेलकुद र मनोरञ्जनका क्रियाकलाप मेलामा समेटिएका छन् । मेलामा भलिबलसँगै लोकदोहोरी, लोकभजन, परम्परागत छेलोलगायतका प्रतियोगिता राखिएको छ । लोक दोहोरीमा पनि भलिबलकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु दुई लाख, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १११ र उपविजेताले रु पाँच हजार ५५५ प्राप्त गर्नेछन् । बर्सेनि चैत्राष्टी पर्व पारेर हुने यस मेलालाई पर्यटन र व्यापार प्रवद्र्धनका दृष्टिले पनि महत्वका साथ लिइन्छ । मेलामा स्थानीय उत्पादनको बजार लाग्छ । डोका, नाङ्ला, ठेकाठेकी जस्ता मौलिक उत्पादन बेच्न गाउँदेखि व्यापारी मेलामा झर्छन् । हस्तकला र घरेलु सीपबाट बनेका सामग्रीको किनबेच पनि उत्तिकै हुन्छ । मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP