Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाल र पपुवा न्यू गिनी आज भिड्दै
नेपाल र पपुवा न्यू गिनी आज भिड्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
Cric_Nep
Hardik health
काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको आङ्खनो तेस्रो सिरिज नेपालले आज (बुधबार) पपुवा न्युगिनीसँग खेल्दैछ । तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई तथा पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्ने छ । मंगलबारबाट सुरु भएको सिरिजमा पहिलो दिन यूएई र पीएनजी भिडेका थिए । मैत्रीपूर्ण खेलहरू खेलेपनि नेपालले यूएई र पीएनजीसँग लिग दुईमा पहिलो पटक खेल्न लागेको हो । नेपाल पछिल्लो समय टी–ट्वान्टी क्रिकेटमा निकै व्यस्त थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट नखेलेको छ महिना पुगिसकेको छ । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो । त्यसयता नेपालले घरेलु क्रिकेटमा समेत ५० ओभरको खेल खेलेको छैन । घरेलु क्रिकेटको एक मात्र ५० ओभरको प्रतियोगिता प्रधानमन्त्री कप (पीएम कप) समेत आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारी भन्दै टी–ट्वान्टी फर्म्याटमा खेलिएको थियो । नेपाली खेलाडी लामो समय टी–ट्वान्टी फम्र्याटमा अभ्यस्त हुँदा यो सिरिज नेपालको लागि अप्ठेरो हुनसक्छ । लामो समयदेखि टी–ट्वान्टी खेल्दै आएका नेपाली खेलाडीले ५० ओभरमा आफुलाई ढाल्न संघर्ष गर्नुपरेको गत साता श्रीलंकामा खेलिएको अभ्यास खेललाई लिन सकिन्छ । नेपालले श्रीलंकामा लिग दुई अन्तर्गतको सिरिजको तयारी भन्दै ४ अभ्यास खेल खेल्यो । जसमा नेपालले ३ खेल जित्यो र अन्तिम खेलमा पराजित भएको थियो । श्रीलंकाको फस्ट क्लास क्रिकेट टोलीसँग समेत नेपाल ब्याटिङमा संघर्ष गरेको थियो । चार खेलमा नेपाल मात्र एक खेलमा पुरै ओभर ब्याटिङ गर्न सकेको थियो भने तीन खेलमा नेपाल निर्धारित ओभरसम्म टिक्न समेत सकेन । एकदिवसीय अन्तराष्ट्रिय फम्र्याटमा हुने खेलमा नेपाललाई घरेलु टोली यूएईको ठूलो चुनौती रहने छ । पछिल्लो समय यूएई राम्रो लयमा छ । उसका ब्याटरहरू खुलेर खेल्दै आइरहेका छन् । यूएईले खेलेको लिगको अन्तिम खेलमा उसका दुई ब्याटरले शतक प्रहार गरेका थिए । १९ वर्षीय वृत्य अरविन्द यूएईका मुख्य ब्याटरको रूपमा स्थापित हुँदै छन् जो नेपालको लागि टाउको दुखाइको विषय बनेको छ ।अरविन्दले यूएईको लागि मात्र २८ अन्तराष्ट्रिय खेल (एकदिवसीय र टी ट्वान्टी) मा ८ सय ६७ रन बनाइसकेका छन् । उनै अरविन्दको आक्रामक ब्याटिङको कारण नेपाल गत महिना आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नबाट बन्चित भएको थियो । अरविन्दले १५ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा १ शतक तथा १ अर्धशतक समेत बनाएका छन् । यूएईले लिग दुईको पछिल्लो ९ खेलमा ६ जित निकालेको छ भने १ खेल बराबरी हुँदा मात्र २ खेलमा पराजित भएको छ । गत महिना ओमानमा भएको आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा समेत टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै विजेताको रूपमा विश्वकपको लागि छनोट भएको थियो । पीएनजी भने खराब फर्मबाट गुज्रिरहेको छ । पीएनजीले खेलेको पछिल्लो १६ एकदिवसीय खेलमा जित निकाल्न सकेको छैन । लिगमा समेत पीएनजी पहिलो जितको खोजीमा रहेको छ । नेपालले पीएनजीसँग २ पटक एकदिवसीय अन्तरष्ट्रिय खेल खेलेको छ । गत भदौमा नेपालले पीएनजीसँग ओमानमा २ मैत्रीपूर्ण एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा नेपालले पीएनजीलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । यस्तै नेपालले यूएईसँग हालसम ४ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा नेपाल २ खेलमा जित निकाल्न सफल भएको छ भने २ खेलमा पराजित भएको थियो । सन् २०१९ मा यूएईको मैदानमा ३ खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले यूएईलाई अन्तिम २ खेलमा पराजित गर्दै पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । लिग दुईमा नेपालले ८ खेलमा ४ जित निकाल्न सफल छ । ४ खेल हारेको नेपाल ८ अंकका साथमा अंक तालिकाको छैठौं स्थानमा छ । लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ । यस्तै १४ खेलमा ७ जित र १ बराबरीका साथ १६ अंक जोडेको यूएई तालिकाको तेस्रो स्थानमा छ । यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ । यस सिरिज अघि नेपालले विश्वकप लिग दुई अन्तर्गतको दुई सिरिज खेलिसकेको छ । पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग खेलेको थियो । सिरिजमा नेपालले अमेरिकालाई दुई खेलमा पराजित गर्दा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । उक्त सिरिजनै नेपालले घरेलु मैदानमा खेलेको एकदिवसीय अन्तराष्ट्रिय पहिलो थियो । दोस्रो सिरिजमा नेपालले ओमानमा पुनः अमेरिका र ओमानसँग खेलेको थियो । ओमानमा समेत नेपालले ४ खेलमा २ जित हात पार्दा २ खेलमा पराजित भएको थियो । ओमानमा नेपालले एक–एक पटक ओमान र अमेरिकालाई पराजित गरेको थियो । आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । सबै राष्ट्रले एकआपसमा ३२ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै लिग दुई टुंगाउने छन् । लिग सकिंदा शीर्ष तीन स्थानमा रहने राष्ट्र सन् २०२३ को एकदिवसीय विश्वकप छनोटको लागि छानिने छन् भने पुछारका चार राष्ट्रले विश्वकप छनोटको क्वालिफायर्स खेल्नु पर्ने छ ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP