Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सेन वार्नको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने
सेन वार्नको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २२, २०७८
Sen Warn
Hardik health
काठमाडौं – विश्वका चर्चित स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका हुन् । ५२ वर्षीय वार्न शुक्रबार थाइल्याण्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अष्ट्रेलियाबासी निकै दुःखी भएको बताए । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ । ‘वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’ उनले भने । वार्नलाई सम्झिँदै मोरिसनले वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक भएको बताए । यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ । शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो । भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए । वार्नले आङ्खनो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ । टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा रहेका बलर वार्नले उनीभन्दा अगाडि सात सय विकेट पूरा गरेका थिए । बलिङको यो उच्च शिखर छुने उनी विश्वकै पहिलो बलर पनि हुन् । वार्नले टेस्ट क्रिकेटमा तीन हजार एक सय ५४ रन बनाएका छन् । जुन कुनै पनि ब्याट्सम्यानले शतकविना नै सर्वाधिक रन बनाउने विश्व कीर्तिमान हो । वार्नले टेस्ट क्रिकेटमा १२ अर्धशतक बनाए तर उनको उच्चतम स्कोर ९९ रन मात्र रह्यो । जुन उनले सन् २००१ मा न्यूजिल्याण्डविरुद्धको पर्थ टेष्टमा बनाएका थिए । वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP