Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अपराजित मछिन्द्र लिग च्याम्पियन
अपराजित मछिन्द्र लिग च्याम्पियन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १५, २०७८
machhindra
Hardik health
काठमाडौं – मछिन्द्र फुटबल क्लब रहँदै कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । शनिबार लिगको अन्तिम खेलमा एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अपराजित रहदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन अविशेक गुरुङ र रेजिन सुब्बाले एक एक गोल गरे । एपीएफका प्रदिप लामाले एक गोल फर्काए । दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा सुरुआती अग्रता मछिन्द्रले बनाएको थियो । खेलको ४२ औं मिनेटमा अविशेकले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका थिए । आन्द्रेस नियाको पासमा पेनाल्टी बक्सको ठिक भित्रबाट अविशेकले गोल गरे । तर, खेलको ६९ औं मिनेटमा प्रदिप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । गोलकिपर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ अगाढी बढेको अवस्थामा उनले गोल गरे । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका रेजिनले ८१ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए । उनले आन्द्रेसको पासमा सहजै गोल गरे । खेलको ८६ औं मिनेटमा मछिन्द्रका सोनाम भुटिया र एपीएफका आवाश लामिछानेले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै मछिन्द्रले १३ खेलमा ३५ अंक जोड्यो । मछिन्द्रले लिगमा १० जित र २ बराबरी खेल्यो । मछिन्द्रले विपक्षीको पोस्टमा १९ गोल गर्दा मात्र २ गोल ब्यहोरेको थियो । त्यसअघि शनिबार नै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि आर्मीले दोस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको छ । अपराजित रहँदै लिग टुङग्याएको आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । समान खेलबाट २१ अंक जोड्दै मनाङ पाँचौ स्थानमा रह्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ४५औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलबाट मनाङले अग्रता लिएको थियो । दिनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई जाली चुमाएका थिए । तर, मनाङका गोलकिपर अशोक बरालले ७१औँ मिनेट गम्भीर गल्ती गरेपछि आर्मी खेलमा फर्किएको थियो । सन्तोष तामाङले गरेका फ्रि किकमा अशोक र टोलीका डिफेन्डरबीच मिस कम्युनिकेशन भएपछि मनाङका डिफेन्डर फ्रयांकलिन टल्लाको ढाडमा लागेर बलले पोस्टको दिशा लिएको थियो । त्यसअघि दोस्रो मिनेटमा आर्मीका सुमन अर्यालले बक्स बाहिरबाट प्रहार गरेको लोअर फ्रि किक सेकेन्ड बारको नजिकैबाट बाहिरियो । पाँचौ मिनेटमा सन्तोष तामाङले १८ यार्ड बक्सबाट प्रहार गरेको फ्रि किक पहिलो बारबाट बाहिरियो । खेलको सुरुआती मिनेटमा तालमेल नमिले पनि त्यसपछिको आधा घण्टासम्म मनाङमाथि आर्मी हावी देखियो । यद्यपि, आर्मीले पहिलो हाफमा पाएका गोलका अवसर सदुपयोग गर्न सकेन । ३२औँ मिनेटमा आर्मीका योद्धा साहीले गरेको गल्तीको फाइदा मनाङले उठाउन सकेन । मनाङको डिफेन्सबाट आएको लामो बललाई योद्धाले नियन्त्रणमा लिन सकेनन् । सोही बलमा गोलकिपर विकेश कुथु पनि अघि बढेको अवस्थामा मनाङका कप्तान अन्जन विष्ट बलसम्म पुग्न सकेनन् । दोस्रो हाफको सुरुआती १० मिनेटमा दुवै टोलीले गोलका गतिलो मौका बनाउन सकेनन । आर्मीका विमल पाण्डेले ६३औँ मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै बचाए । आर्मीका जर्ज प्रिन्सले ६९औँ मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । आर्मीका टंक बस्नेतले गरेको कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्ज प्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो । लिगको ११औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । यस्तै तालिकाको पुछारमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् । उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ । यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्‍यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्‍यो । उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP