Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग ,मनाङविरुद्ध एपिएफको शानदार जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग ,मनाङविरुद्ध एपिएफको शानदार जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ६, २०७८
APF
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपिएफ क्लबसँग ३–१ गोल अन्तरले पराजित भएको हो । एपिएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक एक गोल गरे । मनाङका अन्जन विष्टले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर एपिएफले जित निकालेको हो । खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । गोलकिपर विशाल सुनारको लामो पासमा एपिएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा अन्जनले हेडर मार्फत गोल गरे । तर, खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए । कप्तान नविन लामाको पासमा मनाङका डिफेन्डर नरेन्द्र चौधरीले क्लियर गर्न नसकेको बल अघि बढाउदै आशिषले सहजै गोल गरे ।खेलको ८२ औं मिनेटमा मनिले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । कप्तान नविन लामाको पासमा उनले सहजै गोल गरेका हुन् । त्यसपछि खेलको ८७ औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए ।आशिष लामाले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशालले रोकेपछि आएको रिबाउन्डमा उनले गोल गरेका हुन् । त्यसबाहेक दुबै टोलीले पाएको मौकामा चुकेका थिए । खेलको चौंथो मिनेटमा एपिएफका आशिष लामाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट प्रहार गरेको बल पहिलो बारको नजिकबाट बाहिरिएको थियो ।खेलको ३४ औं मिनेटमा नितिन थापाको पासमा एडिलाजा सोमिडेको सशक्त प्रहार एपिएफका गोलकिपर किरियामाले मुश्किलले बचाए । ३९ औं मिनेटमा मनाङका विमल राना गोल गर्न चुके । कप्तान अन्जनको क्रसमा अनमार्क रहेका विमलको फ्रि हेडर सिधै एपिएफका गोलकिपरको हातमा गएको थियो । खेलको ७४ औं मिनेटमा मनाङका दिपक राईको प्रहार पोस्टको फ्रेममा पर्न सकेन । यस जितसँगै एपिएफलाई रेलिगेसनको डर सकिएको छ । एपिएफले ११ खेलमा १४ अंक जोडेको छ । एपिएफ आठौं स्थानमा उक्लिएको छ । मनाङले ११ खेलमा २० अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा कायम रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP