Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ब्याडमिन्टन खेल्न ३२ किलोमिटर यात्रा
ब्याडमिन्टन खेल्न ३२ किलोमिटर यात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २३, २०७८
Badminnnntooonnn
Hardik health
शेरबहादुर सिंह-रासस महेन्द्रनगर – एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् । दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन् । ‘दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ’, उनले भने, ‘पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु ।’ आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरू बिचल्लीमा छन् । यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरू नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन् । ‘बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ’, धामीले भने, ‘कभर्डहलमा कमसेकम सिनियर दाइहरूसित खेल्ने र सिक्ने अवसर त मिल्छ ।’ दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् । ‘संघको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बंकमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो’, उनले भने, ‘त्यसपछि सात किलोमिटरयता गरेर बंक खेल्न आउन थाले ।’ वाणी बंक क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ । उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ । ‘टेलिभिजन र इन्टरनेसनलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हेर्न छुटाएको छैन’, धामीले भने, ‘घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु ।’ बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए । गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन् । ‘बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ’, उनले भने, ‘अर्को वर्ष काठमाडौं जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु ।’ गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन् । ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आङ्खनो योजना रहेको धामीको भनाइ छ । जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रूपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए । ‘कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन’, उनले भने, ‘प्रदेशदेखि केन्द्रसम्म पहल ग¥यौँ तर आश्वासन मात्रै पायौँ ।’ उनले संघले समय÷समयमा प्रतियोगिताहरू आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरू बढाइरहेको बताए । ‘यहाँका खेलाडीहरू वल्र्ड ¥यांकिङसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ’, उनले भने, ‘अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन् ।’
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ०५:५३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP