Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सुजलको गोलमा नेपाल विजयी
सुजलको गोलमा नेपाल विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १९, २०७८
Hardik health
काठमाडौं – सुजल श्रेष्ठको गोलसँगै नेपालले मरिससलाई पराजित गरेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा १० खेलाडीमा सीमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले दशौँ मिनेटमा निर्णायक गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक ङ्खिलक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्‍यो । खेलको १३औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए । नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यस बाहेक दुवै टोलीले पाएको अन्य अवसरमा गोल गर्न सकेनन् । छैटौं मिनेटमा नेपालका दर्शन गुरुङको प्रहार आकाशियो । खेलको २१ औँ मिनेटमा तेज तामाङको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । नेपालका तेजले ३६औँ मिनेटमा मरिससका गोलकिपर पोजिसन भन्दा बाहिर रहेको अवस्थामा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । लगत्तै ३७औँ मिनेटमा मरिससका कप्तान एन्डीले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल पोस्ट माथिबाट गएको थियो । खेलको ४४औँ मिनेटमा मरिससका लिन्स्लेले प्रहार गरेको बल नेपालका गोलकिपर किरणले सहजै आङ्खनो पन्जामा पारेका थिए । मरिससका भासिस्ट कलकुट्टाले ५१औँ मिनेटमा गरेको सशक्त प्रहार किरणले बचाए । ५७औँ मिनेटमा सुमन लामाको क्रसमा अनमार्क रहेका विमल घर्ती मगरले बल भेट्टाउन सकेनन् । खेलको ६२औँ मिनेटमा नेपालका मनिष डाँगी गोल गर्न चुके । सुजलको फ्री–किकमा मरिससका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स भित्रबाट उनले बाहिर प्रहार गरे । ६८औँ मिनेटमा मरिससका कप्तान एन्डीले पेनाल्टी क्षेत्रको एजबाट प्रहार गरेको बल नेपालका गोलकिपर किरणले मुस्किलले बचाए । खेलको ८०औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि दुई पहेलो कार्डसहित रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाए । खेलको ८४औँ मिनेटमा मरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए । यस्तै खेलको इन्जुरी समयमा अन्जन विष्टले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल मरिससका गोलकिपरले उत्कृष्ट बचाऊ गरेपछि नेपाल अग्रता दोब्बर बनाउन चुकेको थियो । यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा खेलमा विमल घर्तीमगरको निर्णायक गोलको मद्दतमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०२:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP