Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एपिएफः खराब लिग, उत्कृष्ट मोफसल
एपिएफः खराब लिग, उत्कृष्ट मोफसल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १७, २०७८
काठमाडौं – कीर्तिमानी ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई घरेलु मैदानमा पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले २०औं आहा रारा गोल्डकपको उपाधि जित्यो । जुन उपाधि एपीएफले पोखरा रंगशालामा पहिलो पटक जितेको हो । एपीएफले शनिबार आहा राराको उपाधि पहिलो पटक चुम्दा मनाङ भने घरेलु मैदानमा पहिलो हार ब्यहोर्न बाध्य भयो । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत घरेलु मैदानमा तीन खेल खेलेको मनाङले आहा रारामा पनि तीनै खेल खेल्यो । पाँच खेलमा लगातार जित निकालेको मनाङले घरेलु दर्शकमाझ छैटौं खेलमा भने अपराजित यात्रा कायम राख्न सकेन । निर्धारित ९० मिनेट र त्यसपछिको समयमा २–२ गोलको बराबरी भएपछि मनाङ पेनाल्टी सुटआउटमा एपीएफसँग ५–४ ले पराजित भयो । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलो उपाधिसहित कीर्तिमानी सातौँ पटक उपाधि चुम्नबाट बञ्चित भयो । यता, जारी शीर्ष डिभिजनको लिगमा खराब प्रदर्शनसँगै रेलिगेसन जोनबाट बच्न संघर्ष गरिएको एपीएफले भने प्रतियोगितामा आङ्खनो अपराजित यात्रा चौथो खेलसम्म राख्दै उपाधि नै जित्यो । उपाधि अघि उसले आयोजक सहारा एकेडेमीसहित अमेरिकाबाट खेल्न आएको भुटनीज युथ स्पोर्टस् क्लब, लिग लिडर मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्‍यो । प्रतियोगिता जित्दा एपीएफलाई फाइदा के पनि रह्यो भने, राष्ट्रिय फुटबल टोलीले अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नु । यसका लागि एपीएफले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीलाई धन्यवाद पनि दिनुपर्छ । उनले प्रशिक्षणमा बोलाएका ३४ खेलाडी नै छाडेनन् । अब्दुल्लाहले दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली तयार पार्दा आहा रारामा सहभागी क्लबले आङ्खना महत्वपूर्ण खेलाडी मैदान उतार्नै पाएनन् । मछिन्द्रका सात खेलाडी र मनाङका चार खेलाडी राष्ट्रिय टोलीमा छन् । जसको फाइदा एपीएफले उठायो । एपीएफका आशिष लामामात्रै राष्ट्रिय टोलीमा छन् । जारी लिगको सुरूवाती चार खेलमा एक अंकसहित पुछारमा रहेको एपीएफ पाँचौं खेलमा जित निकाल्दा ११औं स्थानमा उक्लियो । नौं खेल खेल्दा हाल टोली १० अंकसहित नवौं स्थानमा छ । यो भनेको पुछारमा ३ अंकसहित रहेको फ्रेन्ड्स भन्दा सात अंक र १३औं स्थानमा रहेको च्यासल युथ (५ अंक) भन्दा पाँच अंकले माथि हो । जारी लिगका पुछारका दुई टोली दोस्रो डिभिजनमा झर्नेछन् । एपीएफका प्रशिक्षक कुमार थापा भने खेलाडीको मिहेनतले यो उपाधि हात पारेको बताउँछन् । उनी लिगमा कठिन अवस्थामा रहेको र त्यसका बाबजुद पनि खेलाडीले मेहनत गरेको कारण उपाधि हात पारेको मान्छन् । ‘लिगमा जहिले पनि गाह्रो अवस्थामा थियौं । खराब अवस्थामा मोफसलमा पहिलो उपाधि जित्यौं । यो खेलाडीको मिहेनतको फल हो,’ उपाधिपछि न्युज कारखानासँग बोल्दै उनले भने । हुन पनि हो, शीर्ष डिभिजन लिग ३ मंसिरबाट सुरु हुँदा सुरुवाती चार खेलमा एपीएफ जितविहीन रह्यो । चौथो खेलमा मात्र आएर एपीएफले अंक तालिकामा खाता खोल्यो । थ्री स्टारविरुद्ध एक अंक जोडेको उसले पाँचौं खेलमा अर्काे खराब लयमा रहेको फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो तीन अंक जोड्यो । त्यसयता, नौ खेल खेल्दा एपीएफ ६ खेलमा अपराजित छ । समग्रमा जोड्दा लिग ६ र मोफसलमा ४ गर्दा एपीएफ १० खेलमा अपराजित छ । पछिल्ला खेलहरूमा राम्रो हुँदै जानुको पनि कारण छ, त्यो हो खेलाडीको मनोबल र विदेशी खेलाडी थपिनु । २०६३ सालमा ‘वाइल्ड कार्ड’ मार्फत सिधै शीर्ष डिभिजन लिग खेलेको एपीएपले कहिले पनि लिगमा ठूलो टिम बनाएन । अनि राम्रो स्थान पनि हासिल गरेन । यसपटक समेत सोही भयो, लगातार खराब प्रदर्शनपछि रेलिगेशन जोन । तर क्लबसँग एसियाली फुटबल महासंघ (एएफसी)का सम्पूर्ण मापदण्ड पूरा गरेका कारण ‘एएफसी क्लब लाइसेन्स’ थियो, यो भनेको विभागीय टोलीले पनि विदेशी खेलाडी राख्न पाउनु । एपीएफले पनि विदेशी खेलाडी राख्न प्रशासनमा दबाब थियो । तर नेपाली फुटबलमा कान्छो विभागीय रहेका कारण एपीएफले सुरुमा त साहस पनि गरेन । त्रिभुवन आर्मी फुटबल क्लबले लाइसेन्स पाए पनि विदेशी खेलाडी ल्याउन वास्तै गरेन । लगातार तीन पटक ए डिभिजन जितेको पुलिसले अझै लाइसेन्स पाएको छैन । यस्तो अवस्थामा प्रशिक्षक कुमार थापा एपीएफ प्रशासन रुझाउन लागे । जसमा उनलाई मिडियाले पनि सहयोग गरे । एन्फाले नगर्ने कुरा भएन । ‘लिगमा नेपाली खेलाडीबाट खेल्छौं भनेर ढुक्क थियौं । तर गोलरक्षक घाइते, डिफेन्स लगायत घाइते हुँदा हामी विदेशी खेलाडी लिनेमा पुग्यौं । विदेशी खेलाडीको आगमनसँगै टोलीले लय समातेको छ,’ मनाङलाई आङ्खनो कप्तानीमा तीन पटक लिगको उपाधि दिलाएका सफल खेलाडी थापाले भने । हाल एपीएफमा तीन विदेशी खेलाडी छन् । जापानका गोलरक्षक युया कुरियामामालीका अडामा डोउम्बिया (चार खेल) र चाडका अर्माण्ड बेअमोउम, यी खेलाडीसँगै कप्तान टोप बहादुर बिष्ट र युवराज खड्का रिकवरी बाहिर आउनु एपीएफका लागि सुखद् पक्ष हो । गोलरक्षक यायाले लिगमा पाँच खेल खेल्दा दुई क्लिन सिट राखेका छन् । डिफेन्समा बाबजुद प्रदर्शन गरेका अडामाले चार खेल खेलका छन् भने अर्माण्डले एक खेल खेलका छन् । यी खेलाडीको आगमनसँगै एपीएफले आङ्खनो लय समातेको छ र मोफसलमा एउटा उपाधि जितिसकेको छ । अब एपीएफले लिगका बाँकी चार खेलमा आफूलाई राम्रो स्थान दिने योजना बनाएको छ । साथै उसले आङ्खनो अपराजित यात्रालाई १० बाट लम्ब्याउने लक्ष्य राखेको छ । अब, लिगका बाँकी खेलमा एपीएफले संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ । ‘चार खेल छ । टप टोली छन् । यसमा हामी सचेत छौं । हामीले यहाँ (पोखरामा) मनाङ र मछिन्द्रलाई हराएको पनि छौं । त्यहाँ (उपत्यकामा) हराउन सक्दैनौं भन्ने हुँदैन । खेलाडीमा मनोबल छ । हामी रेलिगेशन जोनबाट ढुक्क छैनौं, तर नकआउट प्रतियोगिता जित्दा मनोबल बढेको छ । हामी १० खेलमा अपराजित छौं । खेलाडीमा विश्वास पलाउनु त्यो ठूलो कुरा हो । अपराजित यात्रालाई कायम राख्न चाहन्छौ । यति गर्दा हामी बच्छौं पनि,’ थापा भन्छन् । एपीएफका पछिल्ला १० खेल र नतिजा  थ्री स्टार ०–० एपीएफ फ्रेन्ड्स १–३ एपीएफ न्यूरोड टिम एनआरटी ३–३ एपीएफ त्रिभुवन आर्मी फुटबल क्लब १–१ एपीएफ जावलाखेल युथ क्लब ०–० एपीएफ हिमालयन शेर्पा क्लब ०–१ एपीएफ सहारा एकेडेमी ०–२ एपीएफ भुटनीज युथ स्पोर्टस् क्लब १–३ एपीएफ मछिन्द्र फुटबल क्लब १–३ एपीएफ मनाङ मस्र्याङ्दी क्लब २–२ (४–५) एपीएफ
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  ०३:१२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP