Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • फुटबलमा रम्दै मौसम
फुटबलमा रम्दै मौसम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ५, २०७८
Hardik health
महेन्द्रनगर – सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन् । धनगढीमा केही महिनाअघि सम्पन्न प्रदेशस्तरीय छनोटमा यहाँबाट यु–१३ फुटबलका लागि छनोट भएका मौसम यतिबेला नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमिमा प्रशिक्षणरत छन् । ‘एकेडेमीले विभिन्न विद्यालयसित गरेको सम्झौता अनरूप मौसम अहिले नेपाली सेनाको त्रिभुवन युथ क्लबमा आवद्ध भएर खेलसँगै अध्ययनलाई निरन्तरता दिइरहेका छन्’, जिल्ला फुटबल सङ्घ कञ्चनपुरका महासचिव रमेश चन्दले भने, ‘यो हाम्रो लागि गौरवको विषय हो ।’ यहाँ ग्रामीण भेग कञ्चनपुरको पुर्नबासदेखि दोधारा चादँनीसम्म फुटबलको क्रेज निकै बढ्दै गइरहेको महासचिव चन्दको भनाइ छ । महेन्द्रनगरस्थित एन्फा फुटबल प्रशिक्षक पुष्कर शाहीले मौसमलाई क्षमतावान खेलाडीका रूपमा हेरिएको बताउँछन् । ‘म कहाँ प्रशिक्षणमा आउँदादेखि नै निकै मेहनती र क्षमतावान खेलाडीमा आउछन् मौसम’, प्रशिक्षक शाहीले भने, ‘मौसमले फुटबलमा राम्रै नतिजा दिन्छन् भन्नेमा आशावादी पनि छु ।’ प्रशिक्षणमा दिनरात नभनी यहाँ सक्रिय रूपले लागेका शाहीले यसअघि पनि एन्फाको छनोटमा यहाँबाट खेलाडी परेको बताए । ‘यु–१३ मा ६ महिनाअघि गरेको छनोटमा मौसम र धनगढीका अर्का एक गरी दुई जना खेलाडी यहाँबाट परेका हुन्’, उनले भने, ‘सेना, प्रहरी र एन्फाको सम्झौता अनुसार गोलाप्रथा गर्दा मौसम आर्मी युथ क्लबमा परे, जहाँ एउटा टिमको नेतृत्व सम्हालेका छन् ।’ शाहीका अनुसार यसअघि यु–१४ मा कञ्चनपुरबाट अर्पण कार्की छनोट भएका थिए । अपर्णले नेतृत्व गरेको यु–१८ को नेपाली फुटबल टिमले सन् २०१७ मा दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा स्वर्णसमेत जितेको प्रशिक्षक शाहीले बताए । ‘यहाँबाट थुप्रै खेलाडी एन्फाको छनोटमा परेका छन्,’, उनले भने, ‘अहिले पनि १३/१४ वर्ष मुनिका ३० जना बालबालिका प्रशिक्षणरत छन् ।’ यु–१३ मा छनोटमा परेका मौसम यसअघि महेन्द्रनगर युनाइटेड क्बलमा जुनियर टिमका कप्तान थिए । उनले यहाँ हुँदा पनि जिल्ला लिगलगायतका प्रतियोगितामा सफल नेतृत्व गर्दै टिमलाई जिताएका छन् । ‘बझाङमा हुँदा भलिबललाई फुटबल बनाएर साथीसित खेल्थे’, विगत सम्झिँदै मौसमले भने, ‘महेन्द्रनगर आएर प्रशिक्षण सुरु गरेको छोटो समयमै जुनियर टिममा छनोट भएर जिम्मेवारी पाउँदा खुसीको सीमा नै छैन् ।’ मौसमका बुबाआमा बझाङको तमैलमै होटल व्यवसाय गरी जीविका चलाउँदै आएका छन् । ‘यहाँ मामासित बसेर स्कुलको पढाइदेखि नियमित फुटबल प्रशिक्षणका लागि समय दिएको थिएँ’, उनले भने, ‘काठमाडाँैमा पनि पढाइ र खेललाईसँगै अगाडि बढाएको छु ।’
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP