Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सञ्जु र जुनुमायाको राष्ट्रिय कीर्तिमान
सञ्जु र जुनुमायाको राष्ट्रिय कीर्तिमान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २९, २०७८
Junu
Hardik health
भक्तपुर — बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । १३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् । उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै किर्तिमानमा सुधार गरेकी थिईन् । पुनः तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भईन् । तर तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् । ५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रसंशा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरि कुल १०५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् । यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि किर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यस अघि यस तौल समूहको किर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् । दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरि कुल १२७ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् । नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् । महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरि कुल ७३ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् । जुनियर तर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरिन् । दोश्रो स्थानमा दाङ्गकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरि कुल ७८ केजी भार बहन गरिन् । महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरूले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरि कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरि कुलमा ९५ केजीका साथनै प्राविधिक आधारमा तृतीय स्थानमा आईन् । प्राविधिक संजय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्रार्थमिकता प्राप्त हुने नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोश्रो स्थान प्राप्त गरेकी हुन् । महिलाको ६४ केजी तौल समूहको युथ तर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरि कुलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवै तर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरि कुल ८९ केजी भार उचालिन् । जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरि कुल ९५ केजीका भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी श्रृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरि कुल ८५ केजी तौल उचालिन् । यस स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् । दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पुजा कुमाल तेश्रो भईन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP