Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई
राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २५, २०७८
TRP_Nawalparasi-2
RBB RBB
नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ । शनिबार सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि आङ्खनो पोल्टामा पारेको हो । उपाधि विजेता चितवनको तर्फबाट कप्तान वीरेन्द्र पाण्डेले दुई तथा सुरज गुरुङले एक गोल गरेका थिए । चितवनका पाण्डेले प्रतियोगिताको २२औँ मिनेट र थप गरिएको अतिरिक्त चार मिनेटमा गोल गरेका थिए भने गुरुङले प्रतियोगिताको ११औँ मिनेटमा एक गोल गरेका थिए । कालभैरव हेटौँडाको तर्फबाट डेविन श्रेष्ठले थप गरिएको अतिरिक्त तेस्रो मिनेटमा एक गोल गरे । चितवन भेट्रान्सले उपाधिसँगै रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको कालभैरव भेट्रान्स क्लब हेटौँडाले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । फाइनल खेलमा चितवन भेट्रान्सका सुरज गुरुङ म्यान अफ म्याच घोषित भए । त्यस्तै प्रतियोगिताभरको सर्वाधिक गोलकर्ता चितवन भेट्रान्सका कप्तान वीरेन्द्र पाण्डे भएका छन् । पाण्डेले प्रतियोगिताभरि फाइनलमा २ गोलसमेत चार गोल गरेका थिए । त्यसैगरी उत्कृष्ट गोलरक्षक चितवन भेट्रान्सका गोलरक्षक राजकुमार गुरुङ, उत्कृष्ट डिफेन्डर कालभैरव हेटौँडाका हेमकुमार शर्मा, उत्कृष्ट मिडफिल्डर कालभैरव हेटौँडाकै दीपककुमार राई तथा सर्वोत्कृष्ट खेलाडी चितवन भेट्रान्सका हर्कबहादुर गुरुङ घोषित भएका छन् । उत्कृष्ट खेलाडीले रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेशका सांसद एवं विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले खेलाडीलाई खेलेर बाँच्ने अवस्था सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा आयोजित कार्यक्रममा सांसद लामिछानेले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेलकुदको सम्मान गर्ने अवस्थाको सिर्जना गर्ने बताए । ‘खेलाडीले आफूलार्ई खेलाडीको माध्यमबाट परिचय दिनुका साथै आङ्खनो जिल्ला, प्रदेश र मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्,’ लामिछानेले भने, ‘राष्ट्रका लागि खेलाडीको योगदान महत्वपूर्ण रहेको छ । खेलकुदकै माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्छौँ ।’ राज्यले खेलकुदको क्षेत्रमा उचित लगानी गर्न नसकेको सांसद लामिछानेले स्वीकार गरे । साना बालबालिकाले आफूलाई खेलाडीकारूपमा चिनाउन खोज्दा राज्यले जिम्मा लिन नसकेको अवस्था रहेको लामिछानेको भनाइ छ । ‘खेलाडीले राज्यका लागि खेल खेल्दा उसले राज्यको तर्फबाट पाउनुपर्ने सम्मानमा कमी छ’, लामिछानेले भने, ‘खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्नका लागि मेरो ठाउँबाट प्रयत्नशील रहनेछु ।’ आफू सधैँ सबै खेलाडीको साथमा रहने समेत लामिछानेले प्रतिबद्धता जनाए । सबै खेलाडी अनुशासित हुने भन्दै सांसद लामिछानेले नागरिकलाई अनुशासित बनाउन पनि सबैलाई खेलकुदमा सहभागी गराउनुपर्ने बताए । उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पङ्गेनीले आङ्खनो प्रस्तुति राखेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP