Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मनाङ ‘ए डिभिजन लिग’को शीर्षस्थानमा
मनाङ ‘ए डिभिजन लिग’को शीर्षस्थानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १८, २०७८
Manag_
काठमाडौं – घरेलु मैदानमा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै मनाङ मस्र्याङदी क्लब ‘सहिद स्मारक ए डिभिजन लिग’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान पोखरा रङ्गशालामा शनिबार आफ्नो दोस्रो खेलमा मनाङले बिबिसी माथि कठिन र सङ्घर्षपूर्ण जित निकाल्दै लिगको अङ्क तालिकाको पहिलो स्थानमा उक्लिन सफल भयो । यससँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना पनि कायमै राखेको छ । घरेलु मैदानमा दोस्रो खेल खेल्ने क्रममा मनाङलाई बिबिसीले दबाबमा राखेको थियो । पहिलो हाफको इन्जुरी समयमा मनाङले कप्तान अञ्जन विष्टको गोलमार्फत खेलमा अग्रता बनायो । मनाङका विदेशी खेलाडी दयानन्न सिंहको पासमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित विष्टले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए । यसअघि खेलको १५औँ मिनेटमा बिबिसीले अग्रता बनाउने सुन्दर मौका खेर फाल्यो । मनाङका डिफेण्डर आदित्य चौधरीले बिबिसीका शिशिर लेखीलाई हाफल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकामा लेखीको पेनाल्टी प्रहार पोष्टमाथिबाट आकाशियो । घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दबाबमा परेको थियो । बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै राख्नसमेत आजको खेल जित्नै पर्ने दबाब थियो मनाङ । लिगको छैटौँ चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएपछि मनाङको एएफसी कपमा छनोट हुने सम्भावना कमजोर बनेको थियो । बिबिसीसँँगको खेलपछि मनाङ १६ अङ्कसहित लिगको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । मनाङभन्दा एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अङ्कसहित दोस्रो स्थानमा छ । मनाङको ध्यान बिबिसीसँग खेलपछि अब मछिन्द्र र नेपाल पुलिस क्लबबीच आइतबार हुने खेलमा हुनेछ । पुलिससँग मछिन्द्र पराजित वा बराबरी खेलेको अवस्थामा मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा सहभागिता जनाउने छ । मछिन्द्र विजयी भएको अवस्थामा भने मनाङको एएफसी खेल्ने सम्भावना अन्त्य हुनेछ । मछिन्द्र एएफसीका लागि छनोट हुनेछ । खेलपछि पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टिमले स्वभाविक खेल खेल्न नसकेको स्वीकार गर्नुभयो । आफ्नो टोलीलाई भाग्यले ठूलो साथ दिएको र खेल जितको बताउँदै उनले योजनाअनुसार खेल्न नसकेको र तालमेल नमिलेको बताए । खेल जस्तो भएपनि तीन अङ्क जोड्न पाउँदा उनले खुःशी व्यक्त गरे । बिबिसीका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो र दोस्रो हाफमा दुवैमा राम्रो खेलेर गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न नसकेको बताए । पेनाल्टी सदुपयोग गर्न नसक्नु र दुई वटा बल पोलमा लाग्नु टोलीका लागि दुर्भाग्य भएको उनले बताए । जारी लिगका तीन खेल मनाङले आफ्नो घरेलु मैदान पोखरामा खेल्ने तालिका रहेकामा यसअघि नेपाल पुलिस क्लबसँग खेलिसकेको छ । मनाङ पुलिससँग ३–१ गोल अन्तरले विजयी भएको थियो । मनाङले अब आगामी पुस २४ गते च्यासल युथ क्लबसँग पोखरामा खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०१:४८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP