Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • खेलकुद क्षेत्रलाई पुनर्संरचना गर्न प्रदेश प्रमुखको आग्रह
खेलकुद क्षेत्रलाई पुनर्संरचना गर्न प्रदेश प्रमुखको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १६, २०७८
Pariyar
सुर्खेत – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सफल खेलाडी आफैँमा अनुशासित, नैतिकवान्, सुसंस्कृत एवं स्वस्थ हुन्छ’, उनले भने, ‘अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।’ मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको जनाउँदै प्रदेश प्रमुख परियारले कर्णाली प्रदेश सरकारले समग्र खेलकुदका निम्ति प्रदेशकै गौरवको आयोजना प्रदेश रङ्गशालाको निर्माण प्रारम्भ गरिसकेको बताए । खेलकुद विकासका निम्ति आफ्नो क्षेत्रबाट निरन्तर पहल गर्ने बताएका उनले ‘प्रथम वार्षिकोत्सव’ समारोहबाट तमु (गुरुङ) समुदायको ल्होसार पर्वको उपलक्ष्यमा गुरुङ समुदायसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठले खेल क्षेत्रको विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा १० हजार दर्शक अट्ने रङ्गशाला निर्माणको कार्य थालेको बताए । प्रमुख सचिव श्रेष्ठले भारतको मुम्बइमा भएको पावर लिफ्टिङ खेलमा पदक हासिल गर्ने कर्णालीका खेलाडीलाई रु दुई लाख पुरस्कार दिने कर्णाली मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्णय गरेको बताउँदै खेलाडी प्रोत्साहन हुनेगरी आगामी बजेट छुट्याउन खोजिएको जनाए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले अध्यादेशमार्फत खेलकुदको ऐनमा भएका त्रुटि सच्याइएको जनाउदै अझै पनि नियमावली र कार्यविधि बन्न नसकेको जनाए । नियमावलीको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न नसके तापनि परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको कभर्डहलसहित प्रदेश रङ्गशालाको काम सुरु गरेको र ३० महिनामा सम्पन्न हुने उनले विश्वास दिलाए । यसैगरी उनले थाइल्याण्डमा भएको एशियाको सबैभन्दा ठूलो ११० किलोमिटर लामो अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरी कर्णालीसहित नेपालको नाम उँचो राख्ने जुम्लाका चेली सुनमाया बुढालाई बधाई ज्ञापन गर्दै पुरस्कार तथा सम्मानका लागि खेलकुद परिषद्ले कर्णाली प्रदेश सरकारसमक्ष सिफारिस गर्ने जनाए । उक्त अवसरमा गिनिज बुक अफ वल्र्ड रेकर्डर्स नाम लेखाएर कर्णाली तथा नेपालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल म्याराथन धावक जुम्लाका हरिबहादुर रोकायको योगदानको उच्च प्रशंसा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०३:०८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP