Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • जिल्ला फुटबल लिग सुरु
जिल्ला फुटबल लिग सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ११, २०७८
Hardik health
भक्तपुर– भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सानोठिमीस्थित खेल मैदानमा जिल्ला फुटबल लिग २०७८ प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शनिबार प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा उनले काठमाडौंँ उपत्यकाका तीनवटै जिल्लाका साथै देशका धेरै जिल्लामा फुटबल सङ्घका सिण्डिकेट रहेको भन्दै भक्तपुरमा रहेको विवादलाई छानबिन समितिको प्रतिवेदनका आधारमा सङ्घलाई प्रतिस्थापन गरेको बताए । मध्यपुर युथ एशोसिएशनले १२ वर्षसम्मका बालबालिकालाई ग्रासरुट फुटबल खेलको सुरु गरेर अहिले देशभर १७ हजार ५०० बालबालिका फुटबलमा सहभागी रहने अवस्था बनाएको भन्दै भक्तपुर फुटबलमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले अझै अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा नेकपा (एमाले)का जिल्ला अध्यक्ष वचन देउजाले फुटबलमा धेरै पछाडि रहेको भक्तपुर अहिले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा पुगेको भन्दै खेलकुदलाई अतिरिक्त शिक्षाका रूपमा नभई नियमित शिक्षाका रूपमा विकास गर्दै लैजान सके खेलकुदको विकास उच्चरूपमा गर्न सकिने बताए । त्यसअवसरमा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले खेलकुद सङ्घ एउटा पार्टीको सिण्डिकेटबाट मुक्त भएको भन्दै खेलकुदको विकासमा आङ्खनोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले राजनीतिक दल चुनावी मैदानमा प्रतिस्पर्धा गरेर कांग्रेसएमाले जसले जिते पनि खेलकुदको विकासमा एकले अर्कोलाई घचघच्याएर दुवै पार्टी जिम्मेवार भएर लाग्ने बताए । कार्यक्रममा एन्फाका उपाध्यक्ष एवं मध्यपुर युथ एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले मध्यपुर युथ एशोसिएन ए डिभिजनमा उक्लिसकेको भए पनि आर्थिक अभावका कारण त्यसका टिकाउन नसकेको बताउँदै अब फागुनमा हुने बि डिभिजन लिगबाट ए डिभिजनका उक्लने गरी तयारी गरिरहेको बताए । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, बिज एजुकेशनका निर्देशक हरिकृष्ण कार्की, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल हेका, अध्यक्ष किशोर हेकाले फुटबल खेलको विकासमा भक्तपुरले गरेको प्रगतिको चर्चा गरे । सङ्घले लिग कम नकआउटको आधारमा सञ्चालन गरेको प्रतियोगितामा भक्तपुर जिल्लाका १३ वटा टिमको सहभागिता रहेको र खेल दुई चरणमा आगामी २८ गतेसम्म हुने सङ्घका कोषाध्यक्ष निलेश आचार्यले जानकारी दिए । एन्फाको वार्षिक कार्यक्रमअन्तर्गत भएको प्रतियोगिताको शनिबार पहिलो खेल जनप्रेमी स्पोर्टस् क्लब कौशल्टार र लोकन्थली एफसीबीच भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५० हजार र दोस्रो हुने टिमलाई रु २५ हजार नगद पुरस्कारसहित खेलाडीलाई मेडल, प्रमाणपत्र तथा सिल्ड प्रदान गरिने जानकारी दिँदै आचार्यले यो खेलमा विजयी हुने टिम प्रदेशस्तरीय लिगमा र प्रदेशस्तरीय लिगमा विजयी हुने टिमले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने बताए ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०३:०५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP