Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मछिन्द्र शीर्षस्थानमा, एनआरटी विजयी
मछिन्द्र शीर्षस्थानमा, एनआरटी विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २६, २०७८
machhindra
Hardik health
काठमाडौं – सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शनिबार भएको खेलमा मछिन्द्र युवा क्लब र एनआरटी क्लबले जित हात पारेका छन् । साविक विजेता मछिन्द्र फुटबल क्लब हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ भने सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एनआरटीले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे । सुरुआतबाटै आक्रामक खेल पस्किएको मछिन्द्रका नुर्लान नोभ्रुजोभले ११ औँ मिनेटमा प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिदा अग्रता बनाउन चुकेको थियो । डिफेन्डर रंजित धिमालको लामो पासमा नुर्लानले पेनाल्टी एरियाबाट प्रहार गरेका थिए । २२ औँ मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट मछिन्द्रका सुनिल बलको फ्रि–किक हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाए । तर, खेलको २९ औँ मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । सेट पिसमा गोल निकाल्ने क्रममा सुनिलले नुरेन करिमको फ्रि–किकमा हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा रन बनाएर गोल गरेका हुन् । खेलको ३३ औँ मिनेटमा मनिष डाँगीको क्रसमा मछिन्द्रका सुनिल ट्याप इन गर्न असफल भए । ४७ औँ मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले जोगाएपछि हिमालयन बराबरी गर्न चुकेको थियो । खेलको ६८ औँ मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विशाल राईको कर्नरमा हिमालयनका सुरेश कुमाललाई लाग्दै आएको बलमा सिक्स यार्ड बक्समा रहेका नुर्लानले पोस्टको जाली चुमाए । त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमलले आन्द्रेस नियाको पासलाई सदुपयोग गरे । यस जितसँगै मछिन्द्रले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्र मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । हिमालयन शेर्पाले ४ खेलमा २ अंक जोडेको छ । हिमालयन १२ औँ स्थानमा रहेको छ । खेलमा मछिन्द्रका छिरिङ गुरुङ म्यान अफ दि म्याच चुनिए । हिमालयनका उमेश राईले इमर्जिङ प्लेयर प्लेयरको अवार्ड जिते । त्यसअघि पहिलो खेलमा एनआरटीको पहिलो जितमा स्टेफेन समिरले निर्णायक गोल गरेका थिए । तर, एनआरटीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । रोमान्चक खेलको पहिलो हाफमा सातदोबाटोले एकतर्फी खेल पस्किएको थियो । तर, गोल गर्न चुक्यो । सातदोबाटोका कप्तान मान बहादुर तामाङको क्रसमा निरज चौधरीको १३ औँ मिनेटको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए । खेलको ३५ औँ मिनेटमा सातदोबाटोका आकाश बुढा मगरले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल फ्रेममा पर्न सकेन । खेलको ३९ औँ मिनेटमा एनआरटीका सरोज तामाङले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई लाग्दै फर्किएको थियो । खेलको ४४ औँ मिनेटमा एनआरटीका मेसुके ओलुमोउको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बराल बिट भईसकेको अवस्थामा कप्तान मान बहादुर तामाङले गोललाइन नजिकबाट क्लियर गरे । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा एनआरटीका स्टेफेन समिरको हेडरले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको सुरुवातमै एनआरटि गोल निकाल्यो । ४६ औँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । जुन गोल निर्णायक बन्यो । सातदोबाटोका करण रावतको ’मिस पास’ मा मेसुकेले बल नियन्त्रणमा लिदै उपलब्ध गराएको बलमा समिरले सहजै गोल गरेका हुन् । खेलको ५९ औँ मिनेटमा स्टेफेन समिरको प्रहार सातदोबाटोका गोलरक्षक अविशेक बरालले मुश्किलले जोगाए । एनआरटीका दर्शन गुरुङ ६५ औँ मिनेटमा गोलरक्षकसँगको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेन । पेनाल्टी क्षेत्र भित्रबाट उनको प्रहार सातदोबाटोका गोलरक्षक अविशेकले बचाए । त्यस्तै खेलको ६७ औँ मिनेटमा एनआरटीका दिपेश घलेको प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरिएको थियो । खेलको ८१ औँ मिनेटमा सातदोबाटोले बराबरी गर्ने मौका गुमायो । पेनाल्टी क्षेत्रभित्रबाट आकाश बुढा मगरको फितलो प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै रोके । यस जितसँगै एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ । एनआरटी सातौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा ७ अंक जोडेको छ । सातदोबाटो तेस्रो स्थानमा रहेको छ । सातदोबाटोको यो पहिलो हार हो । यस अघि सातदोबाटोले दुई जित र एक बराबरी खेलेको थियो । एनआरटीसँगको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । खेलमा एनआरटीका बिक्रम धिमाल म्यान अफ दि म्याच चुनिए । यस्तै इमर्जिङ प्लेयरको अवार्ड सातदोबाटोका गोलरक्षक अविशेक बरालले हात पारे ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०२:५८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP