Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गण्डकीको फाइनल सम्भावना कायमै
गण्डकीको फाइनल सम्भावना कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १७, २०७८
Hardik health
काठमाडौं – प्रदेश नं. १ लाई पराजित गर्दै गण्डकी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्भावना कायमै राखेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार प्रदेश १ लाई १ विकेटले पराजित गर्दै गण्डकीले फाइनलको सम्भावना कायमै राखेको हो । गण्डकीले ६ मध्ये ३ खेल जित्दै ६ अंकसहित तालिकको तेस्रो स्थानमा उक्लिएको छ । ६ मध्ये ५ खेल जित्दै फाइनल प्रवेश गरिसकेको लुम्बिनीको १० अंक छ । यता ५ मध्ये ३ खेल जितेको सुदुरपश्चिम प्रदेशले ६ अंक जोडेपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ । सुदुरपश्चिमले शुक्रबार बागमती प्रदेशविरुद्ध खेल्नेछ र यही खेलको नतिजाले गण्डकी र सुदुरपश्चिमको आगामी यात्राको टुंगो लगाउनेछ । गण्डकीसँग पराजित भएको प्रदेश १ ले पनि ६ मध्ये ३ खेल जित्दै ६ अंक जोडेपनि रनरेटका आधारमा गण्डकी प्रदेशपछि चौथो स्थानमा झरेको छ । तेस्रो खेल जित्न प्रदेश १ ले दिएको १ सय ३४ रनको लक्ष्य गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाएर पुरा ग¥यो । गण्डकीलाई जित दिलाउन अर्जून कुमालले सर्वाधिक ३५ रन जोड्दा दिपक डुम्रेले ३३ रन बनाए । मिलन क्षेत्रीले २४ रनको योगदान गरे । प्रदेश १ का दिपेश कँडेलले सर्वाधिक ४ विकेट हात पारे । लभ कामतले ३ तथा अभिनय राजवंशी र श्रवन किस्कुले एक–एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश १ ले ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउदै १ सय ३३ रन जोडेको थियो । प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ४६ रन जोडे । दिपेशले १ सय १३ बल खेल्दै चार चौका र एक छक्का हिर्काएका थिए । दिपक जोशी १६ तथा विवेक आनन्द मेहता १४ रनमा आउट भए । गण्डकीका लागि कमल परियारले सर्वाधिक ३ विकेट हात पारे । सुदिप अर्यालले २ तथा किरण पौडेल, सुवास भण्डारी र विष्णु पाण्डेले एक–एक विकेट लिए । कर्णाली प्रदेश विजयी कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो । यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । कर्णालीको जितमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए । बलिङतर्फ प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिनुभयो । विवेक यादवले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । प्रदेश २ का लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे । सन्तोष कार्कीले ११ रन बनाए । पाँच खेलाडी शून्यमै आउट भए । कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । सात प्रदेश सम्मितलित प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल यही मङ्सिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अङ्कका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । त्यस्तै सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । लिगको अन्तिम खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार खेल्नेछ । वाग्मती प्रदेश ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ चौंथो स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०२:२९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP