Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मनाङ मस्र्याङ्दी र च्यासल विजयी
मनाङ मस्र्याङ्दी र च्यासल विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १२, २०७८
Manag
RBB RBB
काठमाडौं –सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लब विजयी भएका छन् । शनिबार सम्पन्न खेलमा मनाङ मस्र्याङ्दीले हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । त्यस्तै च्यासल युथ क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे । तर, मनाङले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् । सुरुआतबाटै आक्रामक खेलेको मनाङका आफिज ओलावाले तेस्रो मिनेटमा गोलको अवसर खेर फाले । पुजन उपरकोटीको फ्रिकिकमा आफिफको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो । खेलको ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रस बारमा लागेर फर्किदा हिमालयन शेर्पा अग्रता बनाउन चुकेको थियो । मनाङका एडिलाजा सोमिडेले ५५ औं मिनेटमा गोलको अवसर गुमाए । दयानन्द सिंहको क्रसमा अनमार्क रहेका उनको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको ५६ औं मिनेटमा मनाङले विमल रानाले गोल गरेका थिए । तर, अफसाइड रहँदा उनको गोलले मान्यता पाएन । हिमालयनका फरवार्ड मुटुम्बाले ७१ औं मिनेटमा आशिष गुरुङको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो । खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेडर पासमा ओलावालेले गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । त्यसअघि मनाङका दिपक राईले ८३ औं मिनेटमा निशानकै क्रसमा प्रहार गरेको हेडर बल हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाएका थिए । यस जितसँगै कीर्तिमानी आठ पटकको विजेता मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो । हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए । त्यस्तै पहिलो खेलमा रुमेश बर्ताैलाको गोलको मद्दतबाट च्यासलले पहिलो जित हात पारेको हो । खेलको १७ औं मिनेटमा च्यासलका मिडफिल्डर अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुश्किलले बचाए । एपीएफका आशिष लामाले ३० औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरिएको थियो । खेलको ४० औं मिनेटमा कर्नरबाट आएको बलमा च्यासलका विकास मेराग्लियाको हेडर एपीएफका राजन गुरुङले गोललाईन नजिकैबाट बचाए । लगत्तै च्यासलका सुशन लामाको प्रहार एपीएफका सनिश श्रेष्ठले क्लियर गरिदिएका थिए । तर, खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । यस्तै च्यासलका यानिक केचाले ६६ औं मिनेटमा गोलको अवसर खेर फाले । कमलको कर्नरमा रुमेशको फ्लिक हेडर पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका उनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । यस जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो । एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । खेलको म्यान अफ दि म्याच रुमेश चुनिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०२:३८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP