Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पहिलो टेस्टमा श्रीलंका विजयी
पहिलो टेस्टमा श्रीलंका विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १०, २०७८
1637830332WIvsSL
Hardik health
काठमाडौं– घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । कोलम्बो स्थित गाले अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनको भारी अन्तरले पराजित गरेको हो । जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य सहित जबाफि ब्याटिङ गरेको पाहँ‘ना टोली वेस्ट इन्डिजले दोस्रो पालीमा केवल १ सय ६० रन जोड्न सक्यो र फराकिलो हार व्यहोर्न बाध्य भयो । क्यारेवियन टोलीका लागि नकरुमाह वोनरले अविजित ६८ रनको योगदान दिए । उनले २ सय २० बलमा ७ चौका सहित ६८ रन बनाएका थिए । त्यस्तै विकेट किपर जोसुआ डा सिल्भाले ५४ रनको अर्ध सतकिय पारी खेले पनि टोलीको हार टार्न भने सकेनन् । यि दुई जना बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । क्यारेवियन टोलीका ३ जना खेलाडी शून्यमा पेवेलिए फर्किएका थिए । वेस्ट इन्डिजको पारी ध्वस्त बनाउने क्रममा श्रीलंकाका रमेश मेन्डिसले एक्लैले ५ विकेट लिए । उनले उनले ३२ ओभरमा ५ मेडन सहित ६७ रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै लासिथ इम्बुल्डेनियाले पनि ४ विकेट लिए । उनले २८ ओभरमा १२ मेडन सहित ४३ रन खर्चेका थिए । बांकी एक विकेट प्रविन जयाविकरामाको नाममा रह्यो । यस अघि पहिलो पारीमा श्रीलंकाले ३ सय ८६ रनको योगफल तयार पारेको थियो । पहिलो पारीमा श्रीलङकन कप्तान दिमुथ कारुनारत्नेको १ सय ४७ रनको योगदान दिएका थिए । उनले ३ सय बलमा १५ चौका प्रहार गरेका थिए । त्यस्तै धनन्जय डी सिल्भाले ९५ बलमा ५ चौका सहित ६१ रनको योगदान दिँदा ओपनर पथुम निसानकाले ५६ रन बनाए । उनले १ सय ४० बलमा ७ चौका प्रहार गरे । त्यस्तै दिनेश चण्डीमलले पनि ५४ रनको योगदना दिएका थिए । पहिलो पारीमा वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै जोमेल वारिकन ३ विकेट लिए भने शानन गेब्रियलको नाममा २ विकेट रहयो । ३ सय ८६ रनको जवाफमा आफ्नो पहिलो पारी सुरु गरेको पाहुना टोली वेस्ट इन्डिजले २ सय ३० रनमात्र बनाउन सक्यो । पहिलो पारीमा वेस्ट इन्डिजका लागि कायल मेयर्सले सर्वाधिक ४५ रन रन प्रहार गरेका थिए । उनको उक्त पारीमा ६२ बलको सामना गर्दै ८ चौका प्रहार गरेका थिए । त्यस्तै कप्तान तथा ओपनर क्रेग ब्राथवेटले ४१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । क्यारेवियन टोलीलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका प्रविन जयाविकरामाले सर्वाधिक ४ विकेट लिए भने रमेश मेन्डिसले ३ विकेट हात पारे । दोस्रो पारीमा श्रीलंकाले ४ विकेट गुमाएर १ सय ९१ रन जोड्दै पारी समाप्तीको घोषणा गरेको थियो । घरेलु टोलीका लागि दोस्रो पालीमा पनि कप्तान करुणारत्नेले ८३ रन बनए भने पूर्व कप्तान एन्जेलो म्याथुजले ६९ रनको योगदान दिए । यो जितसँगै दुई खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ । खेलको म्यान अफ द म्याच श्रीलंकाका कप्तान करुणारत्न चुनिए । भारतको मध्यम सुरुवात यता भारत र न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्ट पनि सुरु भएको छ । बिहिबार कानपुरमा सुरु भएको पहिलो टेष्टमा भारतले मध्यम सुरुवात गरेको छ । उसले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५८ रन बनाएका हो । उसका लागि डेब्यु गरेको श्रेयस अयरले अविजित ७५ रनको योगदान दिएका छन् । उनले टेष्ट क्रिकेटको पहिलो पारीमा १ सय ३६ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरेका छन् । उनलाई रविन्द्र जडेडाले ५० रनमा साथ दिइरहेका छन् । जडेजाले १ सय बलमा ६ चौका सहित अविजित अर्ध सतक प्रहार गरे । त्यस्तै ओपनर सुभमन गिलले पनि ५२ रनको योगदान दिए । अर्का ओपनर मायङ्क अग्रवाल व्यक्तिगत १३ रनमा पेवेलिएन फर्किए । भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजार पनि मात्र २५ रनमा पेवेलियन फकिए पछि घरेलु टोली दवामा आएको थियो । त्यस्तै कप्तानका जिम्मेवारी सम्मालेका अजेन्का रहाणे पनि ३५ रनमा पेवेलियन फर्किए पछि भारत एक समय १४५– ४ को नाजुक अवस्थामा पुगेको थियो । त्यस पछि पहिलो टेष्ट खेलिरहेका अयर र जडेजाले अविजित १ सय १३ रनको साँझेदारी गर्दै टोलीलाई सम्मान जनाक स्थितिमा पु¥याएका हुन् । पाहुना टोलीका लागि काइल जेमिसनले ३ विकेट लिए भने टिम साउथिले १ विकेट लिए । यि दुई टोली बीच दुई खेलको सिरिज हुने छ । भारतले नियमति कप्तान विराट कोहोली र ओपनर रोहित शर्मा बिना नै खेलि रहेको छ । यो खेलबाट राहुल द्रविडले भारतिय टेष्ट टिममा पशिक्षकका रूपमा समेत डेब्यु गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०३:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP