Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • थ्रीस्टारको विजयी सुरुवात
थ्रीस्टारको विजयी सुरुवात
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ५, २०७८
Threestar
Hardik health
काठमाडौं –सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शनिबारको खेलमा थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो । त्यसअघिको पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । ’सेट पिस’ मा बलियो देखिएको थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको २२ औँ निशानले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । करिब ३० यार्डबाट निशानले फ्रिकिकबाट उत्कृष्ट गोल गरे । यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गरे । खेलको २६ औँ मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । ‘ए’ डिभिजन लिगमा विकासको यो डेब्यु खेल हो । थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । ४४ औँ मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेड मार्फत गोलको जाली चुमाए । त्यसपछि खेलको ५८ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् । जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच थ्री स्टार निशान खड्का चुनिए । त्यस्तै पहिलो खेलमा संकटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । तर, खेलको ६० औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे । रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने । तर खेलको ६४ औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत टप कर्नरमा उत्कृष्ट गोल गरे । यस्तै खेलको ८४ औँ मिनेटमा संकटाका गणेश हमालको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको त्यहिँ बलमा रुचालको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र बराबरीबाट दुबै टोलीले नयाँ सिजनको सुरुआत गरेको छ । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । खेलपछि संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङले टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘मेरो खेल लिगमा पहिलो पटक हो । नयाँ शैलीबाट खेलिरहेका छौँ । म प्रदर्शनमा सन्तुष्ट छु,’ प्रशिक्षकको रूपमा ‘ए’ डिभिजनमा डेब्यु गरेका गुरुङले भने । हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले दुबै टोलीले राम्रो खेल खेलेको बताए । ‘सानो गल्तीले गोल खायौँ । तर, समग्रमा राम्रो भयो । संकटाले धेरै अनुशासित खेल खेल्यो,’ राईले भने । लिग अन्तर्गत आइतबार दुई खेलहरू हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  ०२:४७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP