Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाली महिला टोलीलाई ऐतिहासिक सिरिज
नेपाली महिला टोलीलाई ऐतिहासिक सिरिज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २, २०७८
Cric-w_Nepal
RBB RBB
काठमाडौं – नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । घरेलु टिम कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्दै ऐतिहासिक सफलता हात परेको हो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा बुधबार भएको दोस्रो टी–ट्वान्टीमा ६१ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले आफ्नो बनाएको हो । आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता प्राप्त गरेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार तीन बल बाँकी छदै ६८ रनमा अलआउट भयो । कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन् । केरी पोनसेटले १५ रन जोडिन् । नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्रीले दुई विकेट हात पार्दा संगिता राई र सवनम राईले समान एक–एक विकेट लिए । यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् । रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । रुबिनाको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । यस्तै, कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन्। सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् । अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो । विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP