Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पोखरा म्याराथन विजेतालाई चार लाख
पोखरा म्याराथन विजेतालाई चार लाख
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १८, २०७८
pkr-mrthn2-1
RBB RBB
कास्की – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पुर्‍याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमी महिला हाफ म्याराथनबाहेक महिला पुरुष १० किमी र छात्रछात्रा पाँच किमी, ह्विल चियर तथा दृष्टिविहीन दौडतर्फ गत वर्षको तुलनामा पाँच/पाँच हजार रूपैयाँ राशिमा वृद्धि गरिएको हो । नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार चार लाख पुर्‍याइएको दाबी गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले ४२.१९५ किमीतर्फको दोस्रो पुरस्कार दुई लाख, तेस्रो हुनेले एक लाख र सान्त्वनातर्फ ३० हजार रूपैयाँ प्राप्त गर्ने जानकारी दिए । सबै विद्यातर्फ गरी कूल २८ जना पुरस्कृत हुनेछन् । पुरस्कार राशि वृद्धि गरिएको बताउँदै उनले भने, ‘गत वर्ष पुरस्कार राशि कूल आठ लाख रहेकामा यो वर्ष सबै विद्यागत रूपमा बढाउँदा १२ लाख ३० हजार पुर्‍याएका छौँ ।’ पुरस्कार राशिमा वृद्धिले दक्षिण एसियाली देशका धावकसँगै अन्य अन्तर्राष्ट्रिय धावकहरूलाई आकर्षण गर्न सहयोग पुग्ने धारणा अघि सार्दै मञ्चका अध्यक्ष पराजुलीले भने, ‘म्याराथनको माध्यमबाट पोखरालाई विश्वमा परिचित गराउन सफल हुने विश्वास लिएका छौँ ।’ आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराउने योजनासँगै प्रथम पुरस्कार राशि १० लाख पुर्‍याउने लक्ष्यका साथ अघि बढेको बताउँदै उनले अभियान पूरा गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार र प्रायोजक सङ्घसंस्थाहरू र सरोकारवालाहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दूधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकालाई निरन्तरता दिएको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा पोखरा म्याराथनसँग सहकार्य गर्दै आएको सफल दूधले आगामी तीन वर्षका लागि मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए । उक्त अवसरमा उद्योगका निर्देशक श्रेष्ठले पोखरा म्याराथनसँग सम्झौता गर्न पाउनु सुखद रहेको बताउँदै पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा परिचित गराउँदै खेलकुद पर्यटनको राजधानीका रूपमा स्थापित गर्न उद्योगले सहयोग गर्दै आएको बताए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रूपमा स्थापित गर्न परिषदले आफ्ना कार्यक्रमहरू तय गरेको जानकारी दिए । पोखरा म्याराथन सफल बनाउन विदेशमा भएका संस्था पोखरेली मञ्च युके, तमु धि युके, एआरएनए युके, हङकङ, अमेरिकालगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरूको महत्वपूर्ण भूमिकाप्रति आभार प्रकट गर्दै पोखरा म्याराथन जेठो म्याराथनको रूपमा स्थापित भए पनि अझै चुनौतीहरू रहेको उनको भनाइ छ । मेजर दिलबहादुर गुरुङको संयोजकत्वमा खड्गबहादुर रानाभाट, अशोक पालिखे, योगेन्द्रबहादुर बस्नेत, जयराम हमाल, जगनबहादुर गुरुङ, खेमबहादुर गुरुङ, मञ्जुलमान श्रेष्ठ, शम्भु कार्की, तिलक केसी, महेश गुरुङ, गणेशबहादुर भट्टराई, नारायण कार्की, प्राडा वीरेन्द्रसिंह गुरुङ र खेमबहादुर गुरुङ रहेको १४ सदस्यीय सल्लाहकार समितिको पनि घोषणा गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश
विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश शुक्रबार, जेठ २, २०८२
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई बिहीबार, जेठ १, २०८२
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ
आइसिसी विश्वकप लिग-२ : नेपाली टोलीको बिदाइ बुधबार, वैशाख ३१, २०८२
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता
भारतसँग पराजित भएपछि नेपाल समूह उपविजेता बुधबार, वैशाख ३१, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै मंगलबार, वैशाख ३०, २०८२
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’
‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’ मंगलबार, वैशाख ३०, २०८२
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
‘के वन क्रुस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’ मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP