Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #लोतीखोला_बेलीब्रिज
  • #हुम्ला–मुगु _पुल
  • #विद्यादेवी भण्डारी
  • #रकम ठगी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • न्यु डायमण्ड र आर्मीलाई उपाधि
न्यु डायमण्ड र आर्मीलाई उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १७, २०७८
काठमाडौं — साविक बिजेता विभागिय टोली एपिएफ क्लबलाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लबले वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका साथ ट्रफी उचालेको छ । शनिबार सम्पन्न खेलमा डायमण्डले एपिएफ माथि ३–१ को जित निकाल्दै ट्रफी उचालेको हो । राष्ट्रिय खेलाडीहरूको बर्चस्व रहेको विभागिय टोली संग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यस पछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधी जित्न सफल भएको हो । दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधीलाई आफ्नो पक्षमा पारेको हो । सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो स्थान प्राप्त गर्‍यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो । महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिईन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए । च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्‍यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्‍यो । यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे । आर्मीले उचाल्यो ट्रफी साविक बिजेता टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पुरुष तर्फको ट्रफीमा आफ्नो नाम लेखाउन सफल भएको छ । सेनाले जित हात पार्ने क्रममा पहिलो सेट २६–२४ को संघर्ष पूर्ण जित निकाल्यो । दोश्रो सेट १७–२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेश्रो सेटमा सम्हालिँदै २५–१८ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेट निकैनै रोमाञ्चक रूपमा ३३–३१ को सघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो । च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्‍यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । दशरथ रङ्गशालमा भएको प्रतियोगिताको पुरुष तर्फ एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गर्‍यो । पुलिसले एपिएफलाई २५–१७, २५–१८ र २५–१४ को सहज जितका साथै नगद १ लाख प्राप्त गरेको हो । पुरुष तर्फ सेनाका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईम बहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए । उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे । बिजयी खेलाडीहरूलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद जीवन राम श्रेष्ठ, साँसद विमल केडिया लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP