Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ललितपुर र भैरहवा बराबरीमा
ललितपुर र भैरहवा बराबरीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १५, २०७८
lalitpur
Hardik health
काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो । त्यस्तै बुधबार नै भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गरेको थियो । भैरहवा र ललितपुरबीचको खेलमा पहिले ब्याटिङ गर्दै ललितपुरले १ सय ७८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन र दुबै टोलीलाई एक–एक अंक दिईएको हो । रोमाञ्चक खेलमा भैरहवालाई अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो । ललितपुरका राशिद खान बलिङमा थिए । तर, उनले अन्तिम ओभरमा १ विकेट लिदै १७ रन खर्चिएपछि ललितपुर जित निकाल्न बन्चित भएको हो । अन्तिम एक बलमा ७ रन चाहिएको बेला भैरहवाका कप्तान शरद भेषवाकरले छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए । भैरहवाका लागि उपुल थरंगाले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । शरद ६ रनमा अविजित रहे । यस्तै कुशल मल्ल ३५ रन तथा आरिफ शेखले २८ रनमा आउट भए । तमिम इकबालले १४ रन बनाए । प्रदिप ऐरी र रोहित पौडेल समान २÷२ रनमा आउट भए । ललितपुरका राशिद खानले ३ तथा रिजन ढकालले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए । सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए । त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए । पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी सुन्य रनमा अविजित रहे । भैरहवाका अविनास बोहराले २ विकेट लिए । धम्मिका प्रसाद,कृष्ण कार्की र आरिफ शेखले १-१ विकेट लिए । ललितपुरविरुद्ध एक अंक पाएपछि भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो । ललितपुरले भने पहिलो एक अंक पाएको छ । ललितपुर ३ खेलमा १ अंक जोडेर पाचौं स्थानमा रहेको छ । पहिलो खेलमा काठमाडौं किङ्स–११सँग पराजित ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गरेको थियो । काठमाडौँले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए । काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २-२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउद राजु रिजालले २८ रन जोडे । त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । चितवनले २ खेलमा ४ अङ्क जोडेको छ । काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०२:४५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP