Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • चितवनद्वारा विराटनगर पराजित, पोखरा र भैरहवाले अंक बाँडे
चितवनद्वारा विराटनगर पराजित, पोखरा र भैरहवाले अंक बाँडे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ११, २०७८
Hardik health
काठमाडौं – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गतको आइतबार खेलिएका दुई खेलमध्ये चितवन टाइगर्सले जित हात पारेको छ भने पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजाविहीन सकिएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा सम्पन्न पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो भने दोस्रो खेलमा वर्षाका कारण रोकिएपछि पोखरा र भैरहवाले अंक बाँड्न बाध्य भएका थिए । आइतबार सम्पन्न पहिलो खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे । त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए । बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई-दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई÷दुई विकेट लिए । जीतसँगै चितवनले दुई अङ्क जोडेको छ । त्यस्तै पोखरा र भैरहवाको खेलका क्रममा भारी वर्षाभएपछि यी दुईबीचको खेल नतिजाविहीन भएपछि दुवै टिमले १-१ अंक जोड्न सफल भएका हुन् । पोखराले ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । पोखराका विवेक यादव १६ रनमा अविजित रहेका थिए । असेला गुणारत्ने २३ रनमा आउट भए । भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए । विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०२:५२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP