Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • रत्नजित, प्रिन्स र प्रफुल प्रि–क्वार्टरफाइनलमा
रत्नजित, प्रिन्स र प्रफुल प्रि–क्वार्टरफाइनलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ४, २०७८
Prince dahal copy
Hardik health
काठमाडौं— विभागीय त्रिभुवन आर्मी क्लबका शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियरको तेस्रो वरीयतामा रहेका आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहालसँगै आर्मीकै प्रफुल महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस्तै आयोजक लिजर पार्कका प्रिन्स दाहालले कपिलवस्तु ब्याडमिन्टन क्लबका रोहित बरालमाथि २१–६ र २१–७ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । आर्मीकै पविन लिङ्थेप र प्रफुल महर्जनले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । पविनले नेपाल एपिफ क्लबका पेम्वा शेर्पालाई २१–१७ र २१–१४ तथा प्रफुलले विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २१–१० र २१–८ ले हराए । एपिएफका सुमन लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका एडिस कार्कीलाई २१–१५ र २१–११ ले हराए । यस्तै लोकान्तरका सुदिप सेढाईले चितवनका राजु थापामाथि २१–१७ र २१–१२ को सहज जित निकाले । काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपन गायकले आफ्नै एकेडेमीका बविस थापालाई १३–२१, २१–१६ र २३–२१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए । पुलिसका पुर्ण बहादुर थापाले भक्तपुर ब्याडमिन्टन एसोसिएसनका विवेक भट्टराईलाई २१–९ र २१–१२ ले हराए । पाँचथरका एसिया जवेगुले आर्मीका विवेक चौधरीलाई २१–११ र २१–१५ को सेटमा पाखा लगाए । साइनो स्पोर्ट्सका सुजन थापाले कैलाली ब्याडमिन्टन क्लबका चक्र साउदलाई २१–१६ र २१–१९ ले तथा एपिएफका प्रियान्सु सिंह क्षेत्रीले आफ्नै क्लबका निराजन देवकोटालाई २१–१३ र २१–१५ ले हराए । एपिएफका गौतम सिंह कठायतले पीएफसी ब्याडमिन्टन क्लबका अभिनास कार्कीलाई २१–१२ र २१–१४ ले हराए । सेनाका गोकुल जोराले काठमाडौं ब्याडमिन्टन एकेडेमीका स्वयम मानन्धरलाई २१–१२, १७–२१ र २१–१५ ले तथा एपिएफका साजन कृष्ण ताम्रकारले कपिलवस्तुका अभय महरामाथि २१–११ र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे । आर्मीका रुकेश महर्जनले नेपाल पुलिस क्लबका जीवन आचार्यबाट तथा भोज बहादुर गुरुङले एपिएफका विजित थापामगरबाट वाकओभर पाए । पुरुष युगलतर्फ पनि प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । पुरुष युगलमा आर्मीका पविन लिङ्थेप र सुरोज महर्जन, कपिलवस्तुका रोहित बराल र अभय महरा, साइनो स्पोर्ट्स क्लबका राम बानियाँ र सुजन थापा, पाँचथर र विर्ता बीसीका एसिया जवेगु र नविन सिलवाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा, बीबीसीका विश्वास रिमाल र गणेश रायमाझीको जोडीले प्रि–क्वाटरफाइनलमा स्थान बनाए । यस्तै चन्द्रागिरी ब्याडमिन्टन क्लबका रामसिंह चौधरी र राज कुमार पोखरेल, बालकुमारी रिमिक्स ब्याडमिन्टन क्लबका ससिन डंगोल र सुमित महर्जन, कैलाली ब्याडमिन्टन क्लबका दितिक न्यौपाने र चक्र साउद, कास्कीका विधान अधिकारी र विशाल खड्का, सेती पुरीका नन्दु लिम्बु र तुल्सी पुरी, पीएससी ब्याडमिन्टन क्लबका अभिनास कार्की र रामहाङ राई र मनकामना स्पोर्ट्स क्लबका बी बस्नेत र पि सिंह ठकुरीले आ–आफ्नो प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे । यस्तै ४५ वर्षमाथिको भेटरान्स डबल्सको प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०१:४८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP