Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • उपमेयर कप राष्ट्रिय महिला फुटबल हुँदै
उपमेयर कप राष्ट्रिय महिला फुटबल हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २४, २०७८
dhangadhi
Hardik health
कैलाली – कैलालीको जानकी गाउँपालिकाले आगामी कात्तिक महिनाबाट सुरु हुने उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । जानकी गाउँपालिकाकाले बुधबार उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी र उपाध्यक्ष उमा महतोसहित पालिका पदाधिकारीहरू बुधबार कटासे फुटबल ग्राउण्डमा उपस्थित हुँदै उक्त घोषणा गरेका हुन् । यस्तै अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरूले विभिन्न वडाबाट छनौट भएका ६५ खेलाडीहरूसँग अन्तरक्रिया गर्दै हौसला प्रदान गरेका थिए । ‘कैलालीका अन्य नगपालिका र गाउँपालिकाले के गर्छन् थाह भएन’, गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘तर हाम्रो पालिकाले आफ्नो ठाउँलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि र स्थानीय प्रतिभालाई केन्द्रीय स्तरमा क्षमता देखाउने अवसर प्रदान गर्न एन्फाले आयोजना गरेको राष्ट्रव्यापी प्रतियोगितामा सहभागी हुने निर्णयमा पुगेका हौं ।’ अध्यक्ष चौधरीले प्रारम्भिक चरणमा छनौट भएका खेलाडीहरूको डाइट र स्वास्थ्यजन्य किट्स छिट्टै उपलब्ध गराउने जानकारी दिए । गाउँपालिका उपाध्यक्ष उमा महतोले खेलाडी छनौट र तालिम प्रक्रियामा पालिका र रारा फाउण्डेशनसँगको सहकार्य उदाहरणीय काम भएको बताइन् । उनले भनिन्, ‘यो दुरदराजका खेलाडीलाई आफ्नो प्रतिभा देखाउने स्वर्ण मौका पनि हो । हामीले जसरी कटासें फुटबल ग्राउण्ड निर्माणमा सहयोग गरिरहेका छौं, त्यसैगरी महिला फुटबल अभियानलाई निरन्तरता दिन पनि पालिकाको पूर्ण सपोर्ट रहनेछ ।’ टिमको प्रशिक्षक टोलीमा लक्ष्मी श्रेष्ठ र सुदूरपश्चिमका चर्चित फुटबल खेलाडी माधव भण्डारीले सम्हाल्ने छन् । प्रशिक्षक श्रेष्ठले डेढ महिनाको अवधिमा छनौट भएका खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर अध्यापन सँगसँगै फुटबल प्रशिक्षण दिनुपर्ने चुनौति रहेको बताईन् । प्रारम्भिक छनौट घोषणा कार्यक्रममा मनुवा कञ्चनपुरबाट ३, सुवर्णपुर, लायकपुरबाट ९, जगतपुरबाट ११, पालबजारबाट १७ र कटासेबाट २५ जना सहभागी भएका छन् । ६५ जनालाई १० दिन संयुक्त रूपमा प्रशिक्षण दिइनेछ । त्यसपछि ३० जनालाई छनौट गरी उनीहरूलाई पूर्णरूपमा क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइने प्रशिक्षक लक्ष्मीले जानकारी दिइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP