Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कवड्डीको हब ‘भीमदत्त’
कवड्डीको हब ‘भीमदत्त’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २२, २०७८
kabaddi
Hardik health
महेन्द्रनगर – एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ । पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कवड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ । विसं २०४० का दशकमा मुलुककै कवड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रूपमा परिचित छ । जिल्ला खेलकूद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टिमबाट खेल यात्रामा सक्रिय छन् । ‘ भीमदत्त नगरपालिकाको मात्रै कुरो गर्दा पनि विभागीय टिममा ५० प्रतिशत खेलाडी सहभागी छन् ।’ कवड्डीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले भने, ‘कवड्डीका हकमा विगत र वर्तमानमा पनि भीमदत्त हब नै हो ।’ उनले भीमदत्त– ६, ७, ८ र १० खेलाडी अत्याधिक रहेको बताए । ‘यहाँबाट मात्रै अहिलेसम्म ३६ महिला तथा पुरुष खेलाडीले साफ, एशियन र ६० भन्दा बढीले राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्,’ उनले भने, ‘दशकौंअघि पनि त्यो बेला महाकालीको कवड्डी टिम खेल क्षेत्रमै अब्बल थियो ।’ खेलाडी उत्पादन मात्रै होइन, नेपाली कवड्डीको नेतृत्व गर्ने जिम्मेवारी पनि कञ्चनपुर घर भएका प्रशिक्षकले पाउँदै आएका छन् । केही समयअघि मात्रै भीमदत्त घर भएका प्रशिक्षक भट्टले कवड्डीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । ‘यति ठूलो जिम्मेवारी मेरा लागि अवसर र चुनौतीका रूपमा लिएको छु ।’ अढाइ दशकयता प्रशिक्षणमा सक्रिय उनले भने, ‘कोरोना कहरले खेल क्षेत्र र खेलाडी पनि नराम्ररी प्रभावित बने ।’ आफू खेलाडी हुँदा मुख्य प्रशिक्षक भट्टले एघार अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरिसकेका छन् । विसं २०४२ मा कवड्डीमा प्रवेश गरेका हल्दुखालका भट्ट विसं २०६० को दशकयता यहाँ प्रशिक्षकको रूपमा कार्यरत रहे । प्रशिक्षकको संख्या नै न्यून रहेको जनाउँदै उनले सन् २०२२ मा हुने एशियाली खेलकूद प्रतियोगितामा महिला राष्ट्रिय टिम सहभागी हुने सम्भावना रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ आधुनिक कवड्डी प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ । यसअघि मुलुकको कवड्डी खेलको नेतृत्व भीमदत्त कै वरिष्ठ कवड्डी प्रशिक्षक तारासिंह भाटले सम्हालेका थिए । मुख्य प्रशिक्षकबाट सेवा निवृत्त भएका मुख्य प्रशिक्षक उनले अझै पनि सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वर भूमि भए पनि राज्यको ध्यान नपुगेको बताउँछन् । ‘प्रतियोगिता हुँदा मात्रै थोरै समय बन्द प्रशिक्षण गराएर राम्रो नतिजाको आश गर्ने प्रवृति भयो,’ उनले भने, ‘राम्रो नतिजाका लागि दीर्घकालीन योजना बनाएर खेलाडी उत्पादनमा जोड दिनु आवश्यक छ ।’ विसं २०५५ मा पहिलो पटक मुख्य प्रशिक्षक बनेका भाटले दोस्रो पटक पनि २०७३ सालमा सो भूमिकामा आएका थिए । ‘कवड्डीबाहेक अरु खेलले यहाँबाट अझैसम्म मुख्य प्रशिक्षक पाएको छैन ।’ उनले भने, ‘तर कवड्डीको नेतृत्व भने कञ्चनपुर वरिपरी नै छ ।’ कवड्डीका अन्तर्राष्ट्रिय निर्णायक रमेशचन्द्र ओझाले खेलाडीको रोजगारीको सुनिश्चितता नहुँदा पलायन हुनुपर्ने स्थिति रहेको बताए । ‘यहाँबाट चल्तीका पुराना खेलाडी अहिले भारतमा मजदूरी गर्नेदेखि व्यवसायमा लाग्नुपर्ने स्थिति छ ।’ उनले भने, ‘खेलाडीले राज्यका लागि मेहनत गर्ने तर राज्यले वास्ता नगरेसम्म खेलकूदको विकास हुनसक्दैन् ।’ उनले राष्ट्रियस्तरमा प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम प्रदेशले पदकविहीन हुने अवस्था नआएको जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP