Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • १३औँ साफका लागि नेपालको दाबी
१३औँ साफका लागि नेपालको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २७, २०७८
Hardik health
काठमाडौं – नेपालले १३ औं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजनाको तयारी अघि बढाएको छ । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेको जानकारी गराएसँगै नेपालले साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ आयोजनाको तयारी थालेको हो । १३ औं संस्करणको साफ यस वर्ष बंगलादेशमा हुने तय थियो । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको थियो । कोभिड–१९ का कारण गत वर्ष हुनुपर्ने साफ फुटबल यस वर्ष सरेको हो । तर, आयोजक बंगलादेशले मुख्य तीन कारण देखाउँदै साफ आयोजनामा हात झिक्ने निर्णय गरेको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसै वर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलंकाले साफ आयोजनामा दाबी प्रस्तुत गरेका छन् । फुटबल संघमा नयाँ नेतृत्व आएपछि श्रीलंकाले साफको आयोजनामा दाबी प्रस्तुत गरेको छ । भर्खरै मात्र श्रीलंकाको फुटबल संघको नेतृत्वमा जसवार उमार आएका छन् । श्रीलंकासंगै नेपालले समेत साफ आयोजनामा दाबी प्रस्तुत गरेको छ । सोही अनुसार नेपालले तयारी थालेको हो । साफ आयोजनाको दाबी प्रस्तुत गर्दै एन्फाले नेपाल सरकारसँग साढे तीन करोड रूपैयाँ माग गरेको छ । सरकारबाट बजेट निकासा भएको खण्डमा थप साढे एक करोड रूपैयाँ प्रायोजक र प्रत्यक्ष प्रशारणबाट जुटाएर साफ सम्पन्न गर्ने एन्फाको लक्ष्य छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले साफ आयोजनाका लागि नेपाल सरकारसँग साढे तीन करोड रूपैयाँ माग गरिएको छ । ‘सरकारबाट साढे तीन करोड रूपैयाँ प्राप्त गर्न सक्यौ भने बाँकी पैसा जुटाएर आयोजना गर्न सक्छौ भनेर तयारी गरिरहेका छौं ।’ तुलाधरले भने, ‘राखेपसंग साढे तीन करोड माग गरेका छौं । प्रायोजक र मिडियाबाट थप पैसा उठाउन सकिन्छ जस्तो लाग्छ ।’ ‘साफ फुटबलको बजार मुल्य करिब १० करोड होे । तर हिसाब गर्दा हामीले ५ करोडमा प्रतियोगिता गर्न सक्छौ जस्तो देखिएको छ,’ उनले थपे । एन्फाले कोभिडको प्रतिकुल अवस्थामा रंगशालामा दर्शक राख्ने परिकल्पना गरेको छैन । सोही कारण दर्शक नहुने अवस्थाको बजेट हिसाब गरेर तयारी अघि बढाईएको छ । फुटबल प्रतियोगिताको आयको मुख्य स्रोत भनेकै दर्शकको टिकटबाट उठ्ने पैसा हो । एन्फा महासचिव तुलाधरले प्रतियोगिता आयोजना गर्ने हिसाबबाट तयारी अघि बढाईरहेको जानकारी दिए । ‘श्रीलंका र नेपाल दुवैले तयारी गरिरहेका छौं । जसले १० लाख डलर दिन्छ, साफ उतै जाने सम्भावना रहन्छ । त्यो पैसा हामीले उठाउन सक्ने अवस्था छैन । तर आयोजना गर्ने हिसाबबाट तयारी अघि बढाईरहेका छौं ।’ तुलाधरले भने । नेपालले गत चैतको दोस्रो साता त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । विश्वकप छनोटका खेल नेपालमा नहुने देखिएपछि एन्फाले कीर्गिस्तान र बंगलादेशलाई आमन्त्रण गरेर त्रिदेशीय फुटबल आयोजना गरेको थियो । दर्शक सहित प्रतियोगिता आयोजना गरेर नेपालले तीन करोड बढी रकम आम्दानी गरेको थियो । नेपालले प्रतियोगिताको उपाधि समेत हात पारेको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता साफ नेपालले अहिलेसम्म जित्न सकेको छैन । भारत साफ फुटबलको सर्वाधिक सफल देश हो । साफको तयारीका लागि नेपालले प्रशिक्षण समेत सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराईरहेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ०३:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP