Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नवीन र पार्वती ‘वर्ष उत्कृष्ट खेलाडी’
नवीन र पार्वती ‘वर्ष उत्कृष्ट खेलाडी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २०, २०७८
Sport
Hardik health
पोखरा– ‘पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड’मा पुरुषतर्फ कराँतेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोका पार्वती गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा भएको अवार्ड वितरण कार्यक्रममा मनोनयनमा परेका फुटबलका सुमन अर्याल र टेबलटेनिसका विनेश खनियाँलाई पछि पार्दै रसाइली पुरुषतर्फको विधामा उत्कृष्ट बन्न सफल भएको समारोहमा घोषणा गरिएको थियो । रसाइलीले उपाधिसहित रु दुई लाख र ट्रफी प्राप्त गरे । उनले १३ औँ सागमा स्वर्ण पदक जितेका थिए । यसैगरी महिलातर्फ तेक्वान्दोका गुरुङले साइक्लिङका जमुना थापा र तेक्वान्दोका प्रशंसा क्षेत्रीलाई पछि पारी उत्कृष्ट घोषित हुँदै रु दुई लाख र ट्रफी प्राप्त गरिन् । गुरुङ नेपाल प्रहरीमा कार्यरत हुन् । उनले पनि १३ औँ सागमा स्वर्ण पदक हात पारेकी थिइन् । वर्ष उदीयमान खेलाडीको अवार्ड पौडी खेलका दुवाना लामाले जित्न सफल भए । मनोनयनमा परेका लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै दुवानाले अवार्ड हात पार्न सफल भएका हुन् । लामाले १३ औँ सागमा छ काश्य पदक जित्न सफल भएका थिए । यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्ल ठकुरीले हात पार्न सफल भए । उनले पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठलाई उछिन्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्न सफल भएका हुन् । मल्लको प्रशिक्षणमा नेपालले सागमा तीन स्वर्णसहित १० पदक जितेको थियो । वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड कास्की जिल्ला आर्चरी सङ्घले प्राप्त गरेको छ । यसैगरी वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्ड, २०७६ बाट सन्देश श्रेष्ठ र विसं २०७७ बाट केशव पाठक पुरस्कृत भए । हरेक विधामा उत्कृष्ट खेलाडी, खेल सङ्घ र खेलपत्रकारलाई जनही रु ३५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो । पूर्वफुटबल खेलाडी एवं जिल्ला फुटबल संघका पूर्वअध्यक्ष आनन्द रञ्जित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए । उनलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाबाट सम्मान गरिएको थियो । अवार्ड विजेताहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुुरुङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, मञ्चका अध्यक्ष एकराज गिरीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री नेपालीले खेलकूद क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको बताउँदै उहाँले खेलकूद पूर्वाधार निर्माणलाई सरकारले बजेट कार्यक्रममा समावेश गरेको जानकारी दिए । अघिल्लो वर्षसमेत कोरोनाका कारण सञ्चालन हुन नसकेको अवार्ड यसवर्ष विसं २०७६÷७७ दुई वर्षलाई जोडेर संयुक्तरूपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी वितरण गरिएको मञ्चले जनाएको छ । खेलाडीको दुई वर्षको प्रदर्शनलाई आधार मानेर मनोनयन सार्वजनिक गरिएको र उत्कृष्ट खेलाडी छनोट गरिएको मञ्चका महासचिव विजय नेपालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP