Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सुशासन र नमस्कार शाह
सुशासन र नमस्कार शाह
admin123
admin123 मंगलबार, चैत १३, २०७४
FB_IMG_1490896219867

                                                                                कृष्णहरि बास्कोटा 

मेरो नजरमा नमस्कार शाह बहुमुखी प्रतिभाका एक होनहार युवा समाजसेवी हुन् । यिनले सार्वजनिक पदमा रहेकालाई विधिको शासन, जवाफदेहिता र जिम्मेवारी बहन गराउन भरमग्दुर सहयोग र दवाव दिई आएका छन् । शाह भ्रष्टाचार विरोधी एक अभियान्ता पनि हुन् । यिनी भ्रष्टाचार विरुद्धको अभियानमा ज्यानको बाजी लगाएर मोर्चाको अग्रपंत्तीमा ठिङ्ग उभिएका छन् । समाजको रुपान्तरणका लागि आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर समाजको हितमा दगुर्ने सिमित संख्याका मानिसमा नमस्कार शाह पनि पर्छन् । हकी स्वभावका शाह निर्भिक र स्वतन्त्र समाजसेवी हुन् । कसैबाट आशा नगर्ने र कसैको त्रासमा नरहने शाहले पत्रकारिता क्षेत्रमा पनि आफ्नो पहिचान निर्माण गरेका      छन् । मृदुभाषी, सहयोगीभावनाका धनी, आफूभन्दा पाकालाई सम्मान गर्नुपर्छ भन्ने विनयशीलताका पारखी उनै नमस्कार शाहका ४० वटा लेखहरु संग्रहित यस पुस्तकको भूमिका लेख्न पाउदा म पनि फुरुङ्ग हुदै उनी जस्तै जोशिलो भएर उमंगका साथ आफ्ना विचार र भावना पोख्ने जमर्को गर्दैछु । मेरो नजरमा नमस्कार शाह बहुमुखी प्रतिभाका एक होनहार युवा समाजसेवी हुन् । यिनले सार्वजनिक पदमा रहेकालाई विधिको शासन, जवाफदेहिता र जिम्मेवारी बहन गराउन भरमग्दुर सहयोग र दवाव दिई आएका छन् । शाह भ्रष्टाचार विरोधी एक अभियान्ता पनि हुन् । यिनी भ्रष्टाचार विरुद्धको अभियानमा ज्यानको बाजी लगाएर मोर्चाको अग्रपंत्तीमा ठिङ्ग उभिएका छन् । समाजको रुपान्तरणका लागि आफ्नो व्यक्तिगत स्वार्थलाई थाती राखेर समाजको हितमा दगुर्ने सिमित संख्याका मानिसमा नमस्कार शाह पनि पर्छन् । हकी स्वभावका शाह निर्भिक र स्वतन्त्र समाजसेवी हुन् । कसैबाट आशा नगर्ने र कसैको त्रासमा नरहने शाहले पत्रकारिता क्षेत्रमा पनि आफ्नो पहिचान निर्माण गरेका छन् । मृदुभाषी, सहयोगीभावनाका धनी, आफूभन्दा पाकालाई सम्मान गर्नुपर्छ भन्ने विनयशीलताका पारखी उनै नमस्कार शाहका ४० वटा लेखहरु संग्रहित यस पुस्तकको भूमिका लेख्न पाउदा म पनि फुरुङ्ग हुदै उनी जस्तै जोशिलो भएर उमंगका साथ आफ्ना विचार र भावना पोख्ने जमर्को गर्दैछु । सन् २०१६ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको करप्सन परसेप्सन इण्डीकेटरमा नेपालले १०० पूणांकमा २९ अंक पाएको छ । १७६ वटा मुलुकको मूल्यांकनमा नेपालको स्थान १३१ मा रहेको छ । अप्ठ्यारो नमानी सत्य ओकल्नु पर्दा हामी विश्व रंगमंचमा भ्रष्टाचारी मुलुकको सूचीमा सूचिकृत हुन पुगेका छौं । मुलुकमा भ्रष्टाचार रोक्न निदानात्मक, उपचारात्मक र प्रबद्र्धनात्मक औजारहरु प्रयोग गरिए पनि नीतिगत भ्रष्टाचार, विकास आयोजनामा हुने कमिशनको खेल र सेवा प्रबाहमा जनता लुट्ने उपर औलो ठड्याउदै भ्रष्टाचारी विरुद्ध अजिंगर, भ्रष्टाचारीलाई छोरी नदेउ, भ्रष्टाचारी विरुद्ध कुर्वानी, सरकारी साधनको अचाक्ली दुरुपयोग, भ्रष्टाचार विरुद्धको संस्कृति, घुस विरुद्ध जागौ जस्ता लेख यस पुस्तकका संग्रहित छन् । मुलुकको क्यान्सरका रुपमा रहेको भ्रष्टाचार हटाउन हामीले संयुक्त राष्ट्रसंघमा व्यक्त गरेको प्रतिबद्धताको हुवहु कार्यान्वयनको खांचो शाहले औल्याएका छन् । यसैगरी उनले नैतिकताको खडेरी रहेको समाजमा सरकारी मोटरको दोहन विरुद्ध शब्दयुद्ध छेडेका छन् । उनको विचारमा समाजका प्रत्येक सजग नागरिक भ्रष्टाचार नियन्त्रण गर्ने सिपाई हुन जरुरी छ । यसर्थ भ्रष्टाचारीलाई सामाजिकरुपमा बहिस्कार गरौ भन्ने शाहको आब्हानमा एक्येबद्धता जनाउनु समयको माग हो । जनआन्दोलन–१ र जनआन्दोलन–२ पछि मुलुकमा ठूलै राजनैतिक परिवर्तन भयो । हाल मुलुक संघीयता र गणतन्त्रमा विचरण गरिरहेको छ । हामीले अख्तियार गरेको लोकतन्त्रमा आम नेपालीले सुशासनको प्रत्याभूतिको अपेक्षा गरेका छन् । यसका लागि बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजरले जारी गरेको नागरिक वडापत्रको नेपालमा पनि अनुशरण गरिएको छ । तर कतै हाम्रो नागरिक वडापत्र हात्तीले देखाउने दात जस्तै निष्कामी त छैन ? भनी शाहले आलोचनात्मक टिप्पणी गरेका छन् । नागरिक वडापत्रको पुरकका रुपमा रहेको गुनासो व्यवस्थापनको अबस्थाका सम्बन्धमा पनि शाहले आफ्नो कलम चलाएका छन्  सरकारले हेलो सरकार संचालनमा ल्याएको छ । सार्वजनिक सुनुवाईको व्यवस्था गरेको छ । तर, कतै सार्वजनिक सुनुवाई आफ्नै पक्षधारका मानिसलाई उपस्थित गराई बैध अबैध कामलाई अनुमोदन गर्ने माध्यमको रुपमा त दुरुपयोग भैरहेको छैन ? भनी शाहले सार्बजनिक प्रशासनलाई सजग गराएका छन् । साथै उनले सामाजिक जवाफदेहीताको खांचो र क्षतिपूर्तिसहितको नागरिक वडापत्रको महत्व बारे प्रस्तत पुस्तकमा विस्तृतरुपमा विवेचना गरेका छन् । हाल मुलुकमा झाङ्गिदै गएको भ्रष्टाचारको स्थानमा सदाचार, कुशासनको स्थानमा सुशासन, पछौटेपनाको स्थानका समृद्धिको पथ पहिल्याई अगाडि बढ्न शाहले आफ्नो कलम मार्फत यस पुस्तकमा पस्किएको शन्देश सबैका लागि प्रेरणादायी छ । नमस्कार शाहले आफ्नो पुस्तकमा असल काम गर्नेलाई स्यावासी दिन र खराव काम गर्नेलाई खवरदारी गर्न पछि परेका छैनन् । यसक्रममा एसपी विक्रम थापाले गरेको राम्रा कामको सह्राहना गरिएको छ भने विद्युत प्राधिकरणको अवस्थाले निम्ताएको लोडसेडिङ्गका लागि उनले तत् निकायका प्रमुखलाई मर्मस्पर्सी भाषामा खुलापत्र जारी गरेका छन् । लोडसेडिङ्गका लागि उत्तरदायी ट्रान्समिसन, ट्रान्सफर्मर, विद्युत चोरी, विद्यमान मिलोमतो सहितको भ्रष्टाचार र गुनासो टिपाउनु खोज्दा फोनसम्म नउठाउने चरम बेथिती उपर शाहले चर्को प्रहार गरेका छन् । यसैगरी थरी थरीका हाकिम शीर्षकमा शाहले नेपालमा मौलाएको सामन्ती संस्कारको पर्दाफास गरेका छन् । बेरोजगार मानिस रोजगारीमा आएपछि कुन हदसम्म मात्तिन्छ । गाँस, बास, कपासको खोजीमा सेवामा प्रबेश गरेको कर्मचारी केही समयपछि नै स्वयं सामन्त बन्ने कसरी दुस्प्रयास गर्छ । जनताको सेवा गर्छु भनी शपथ खाएर जागिर प्रबेश गरेकाले कसरी स्वयं जनताको बोलीसम्म सन्ुन सक्तैनन भनी छेपारो प्रबृत्तिलाई शाहले आफ्नो कलमद्धारा कडा प्रहार गरेका छन् । यसैगरी उनले यथास्थितिवादी र परिवर्तनका बिरोधी सरकारी कर्मचारीलाई पनि सुध्र्रिन चेतावनी सहित खुला पत्र प्रकाशित गरेका छन् । यसैक्रममा शाहले अवकाश प्राप्त कर्मचारीहरुलाई खाली नबस्न आब्हान समेत गरेका छन् । यसरी कर्मचारीतन्त्रको सेरोफेरोमा शाहका अभिव्यक्तिहरु सत्यता र सन्तुलनको तालमेल भित्र रचिएको देखिन्छ । यस श्रृखलामा शाहले म्यागसासे पुरस्कार प्राप्त महावीर पुनले सूचना प्रविधिमा पुर्याएको योगदान, मानव अधिकारकर्मी भजन चौधरी, लागूपदार्थ विरुद्धका अभियान्ता नयन रावल र गायक प्रेमप्रकाश मल्लको योगदानलाई स्मरण गरी अनुकरणीय भूिमका निर्बाह गर्न सबैलाई उत्प्रेरित गरेका छन् । प्रस्तुत पुस्तकमा नमस्कार शाहले गैर सरकारी संस्थाहरु प्राईभेट लिमिटेडमा रुपान्तरित हुने दुस्प्रयासको तिखो टिप्पणी गरेका  छन् । च्याउसरी उम्रिएका गैससहरु दातामुखी परजिवी झै रहेको, तिनीहरुको काम कारवाही अपारदर्शि रहेको, आफ्नो विधान बमोजिम समयमा निर्बाचन समेत नगर्ने गरेका गैर सरकारी संस्थाप्रति शाहले खवरदारी गरेका छन् । साथै शाहले असल अभ्यासहरुको अनुशरणद्धारा राष्ट्रनिर्माणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु क्रियाशील हुनुपर्ने सल्लाह समेत पुस्तकमा झल्काएका छन् । यस अतिरिक्त शाहले जो सोझो उसैको मुखमा धोचो शीर्षकमा हुर्किएको नविनतम् चाकडी प्रथा, नवीनतम् सामन्ती सोच, साधुरो मानसिकता र कर्मचारीले कर्मचारीलाई नै घरायसी काममा समेत प्रयोग गरी भैरहेको दोहनको यथार्थपरक चित्रण गरेका       छन् । यसैगरी अर्काको भाग खोस्दै लोभीपापी शीर्षकमा शाहले दलालीतन्त्रको तिव्र आलोचना गरेको  छन् । यसैगरी उनले शिष्टाचार अभियान थालौ, काम गर्नुको सट्टा झारा टार्नेलाई बहिस्कार गरौ, साविकको इतिहास मेटाएर अराजकता निम्त्याउने अनधिकृतरुपमा शहरका चोकहरुमा अतिक्रमण गरी व्यापारिक विज्ञापन गर्ने विरुद्ध मुकाविला गरौ, भातेगोष्ठीको सट्टा उपलब्धिमूलक सार्वजनिक सुनुवाई गरौ जस्ता यस पुस्तकमा संग्रहित लेखहरु अत्यन्तै समसामयिक छन् । साथै यी सत्विचार समाज एवं प्रशासन सुधारका लागि पथप्रदर्शक छन् । यसर्थ शाहका यी बिचारको गहन अध्ययन गरी कार्यान्वयनमा उतार्न जिम्मेवार पक्ष सम्वेदनशील हुनुपर्ने महशुस गरेको छु । नमस्कार शाहको यस पुस्तकमा विविध सम सामयिक पक्षहरु पनि उजागर भएका छन् । जस्मा तपाई बोल्दा कति पैसा पर्छ भन्ने शीर्षकमा जनताप्रति उदासिनहरुका विपक्षमा शाह पुन मुरमुरिएका छन् । साथै शाहले आफ्नो लेखनीमा  मुलुकमा विद्यमान बन्द, हड्ताल, छेकथुन, दण्डहिनता, अराजकता, जसले जे कुराको गलत अभ्यास गरेपनि सफल हुने, सरकार सुरक्षा दिन नसक्ने, जनता लाचार भएर यस्ता हर्कत स्वीकार्न बाध्य हुने जस्ता कुरा प्रति दिक्क मान्दै बन्दलाई एकादेशको कथा बनाऔ भनी प्रस्ताव गरेका छन् । फूलको आँखामा फूलकै संसार, काडाको आखामा काडै संसार भने झै सकारात्मक सोचका लागि तनाव व्यवस्थापन र सकारात्मक जीवन शैली शीर्षकमा पनि शाहले कलम चलाएका  छन् । यसैगरी सन्  १९६२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले आब्हान गरेको उपभोक्ताको अधिकारबाट आरम्भ भएको अभियान, यसका उपलव्धि र नेपालमा जारी भएको उपभोक्ता संरक्षण ऐन र यसको कार्यान्वयन पक्षमा आम उपभोक्ता जागरुक हुनुपर्ने तितो सत्यलाई शाहले आफ्नो उपभोक्ता अधिकारका कुरा शीर्षकमा उजागर गरेका छन् । साथै मुलुकमा विद्यमान बेरोजगारी समस्या, युवाको परिभाषा, स्वरोजगार योजना, खेलकुदको विकास, युवा च्यालेञ्ज फण्डको संचालन लगायतलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समेटी शाहले युवा सवाल र युवा परिषद शीर्षकमा गहन विचार व्यक्त गरेका छन् । यस अतिरिक्त शाहले स्वतन्त्र पत्रकारिताको खाँचो र महासंघ भित्र शुध्दिकरणको खाचो शीर्षकमा पत्रकारिता क्षेत्रले मुलुकमा लोकतन्त्र बहाली गर्न निर्वाह गरेको भूमिका र त्यसपछि यस क्षेत्रमा देखिएको विचलन औल्याएका छन् । समाजको आँखा र कानका रुपमा पढिने र सुनिने सरकारको चौथो अंक जति बढी निश्चल भयो उत्ती मुलुक र समाजलाई लाभ पुग्ने कुरा शाहले प्रष्ट सँग आफ्नो लेखाईमा अभिव्यक्त गरेका छन् । नमस्कार शाह बुद्धिजिवीप्रति पनि आशावादी र निराशावादी भएर यस पुस्तकमा देखा परेका      छन् । तथाकथित बुद्धिजिवी, पूर्वाग्रहबाट माथि उठौ, नागरिक समाजको स्वतन्त्रता माथि प्रश्न चिन्ह जस्ता शीर्षकका लेखमा शाह निकै खुलेका छन् । उनको लेखाईबाट मुलुकलाई योगदान पुर्याउनु भन्दा उमेर र समयको कटान सँगै स्बघोषित बरिष्ठ र आयाराम गयाराम पाराका बुद्धिजिवी भनाउदा पनि मुलुकलाई विथोल्नले अभियुक्त भएको महशुस हुन्छ  । यी सबै क्षेत्र र पक्षका भावभंगी सँग प्रत्यक्ष साक्षात्कार शाह पछिल्लो अवस्थामा भने मुलुकको अचाक्ली दोहन विरुद्ध सूचनाको अधिकारमा रमाएको बुझिन्छ । मुलुकमा विद्यमान विकृति र विसंगतिको दोष सार्वजनिक निकायले भए गरेका गतिविधि सार्वजनिक नगरेरै तथा जनतालाई गुमराहमा राखेकै कारण जनता आप्mनो अधिकारप्रति सजग हुन नसकेको भाव उनका लेखहरुमा झल्किन्छ । साथै उनले आम जनतालाई संविधानले कुनै पनि सार्वजनिक निकायमा रहेको आफ्नो र सार्वजनिका सरोकारको जुनसुकै विषयको सूचना माग्ने पाउने हकको प्रत्याभूति गरेकाले आम नागरिकले यसको उपयोग गर्न सन्देश प्रबाह पनि गरेका छन् । यस्तो नागरिकको सम्बैधानिक हकको प्रचलनका लागि जारी भएको सूचनाको हक प्रयोग गरेर कैयौ भ्रष्टाचारका कसुर उजागर गरेको, दैनिक उपभोग्य बस्तु र सेवाको प्रभावकारीता अभिबृद्धि गराएको र मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार एवं बेथिती नियन्त्रण गर्न सूचनाको हकले केही हदसम्म भए पनि व्यक्तिगत सन्तुष्टिका लागि भरथेक गरेको कुरा शाहका भावनामा छचल्किएका छन् । अन्त्यमा, नमस्कार शाह, जो एक मुलुकका सकारात्मक सोच भएका, जागरुक र क्रियाशील युवा, जस्ले प्रस्तुत पुस्तकका माध्यम मुलुकमा सुशासनको अभियान छेडेका छन् । त्यसमा हातेमालो गरी अधि बढ्नु आम नेपालीको कर्तव्य हो भन्ने ठानेको छु । समाजका खातिर कुदेका र कुदेको बखत भोगेका स्मरणलाई शाहले सरल भाषा शैली र मिठास सहित पुस्तकका रुपमा ४० वटा लेखको सयपत्री फूल झै आफ्नो कृति पाठकको हातमा उपहार स्वरुप अर्पण गरेका छन् । यो पुस्तक सबै क्षेत्र र बर्गका पाठकका लागि पठनीय छ । यसबाट प्रशस्त ज्ञान र लाभ लिन सकिने कुरामा म ढुक्क र विश्वस्त छु । नमस्कार शाह आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहुन्, हामीले उनलाई निरन्तर सघाई रहन सकियोस् र भविष्यमा पुनः यस्तै समाजोपयोगी श्रृजना सार्वजनिक भैरहोस् यही कामना सहित म पनि आफ्नो लेखाईलाई विश्राम दिन चाहन्छु ।
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १२:५१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP