काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ।
नेपाल क्रिकेट संघका अनुसार आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गरेको छ।