Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ। मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ। शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। 

नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी-२० फम्र्याटमा खेलाइएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो। सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो। यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।

तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका
पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो। नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्‍याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ।

नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। टी-२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो। सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो। ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ।

Ncell
Hardik health

युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ। उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो। सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो। युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ। यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन।

समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो। सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो। १४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो। उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्‍यो।

नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ। एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो। विगतमा भएका महत्वपूर्ण प्रतियोगितामा नेपालका लागि युएई बाधक बनेको थियो। सोही कारण यसपटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ।

उनले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताए। “फाइनल हुने मैदानमा धेरै पिच छन्। कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ। सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ”, नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहेका चौधरीले भने।

‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उनको विश्लेषण छ। नेपालभन्दा बढी दबाब युएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बताए। “पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने युएईविरुद्ध नेपाल हाबी भइरहेको छ। त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन्। त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन। फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ”, उनले भने।

युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन्। उनीहरूभन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन्। नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने पूर्वक्रिकेटर चौधरीको भनाइ छ। “युएईको टोलीमा धेरैजसो भारतीयमूलका खेलाडी छन्। उनीहरूसँग एसोसियट र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन। त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ। हाम्रो बलिङ र फिल्डिङ उत्कृष्ट छ। ब्याटिङमा थप राम्रो गर्न सके उपाधि जित्न सक्छौँ”, उनले भने।

नेपाल र युएईबीचको विगत
एकदिवसीय अन्तरराष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ। युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले युएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो।

उक्त आइसिसी  विश्वकप लिग-२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो। सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो। नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ।


प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज बिहीबार, भदौ २५, २०८३
भारी वर्षाले एसियाली खेलकुद प्रभावित
भारी वर्षाले एसियाली खेलकुद प्रभावित बुधबार, भदौ २४, २०८३
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित 
 एसीसी प्रिमियर कप: हङकङसँग नेपाल पराजित  मंगलबार, भदौ २३, २०८३
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP