Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३१, २०८३

काठमाडौं - नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप-२०२६ को उपाधि  रोनक र स्वस्तिकाले  जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ रोनक उप्रेती र महिलातर्फ स्वस्तिका चौधरी च्याम्पियन बनेका हुन् । 

च्याम्पियनमा दुवैले नगद ३० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए । महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भएका हुन्  । दोस्रो भएका दुवै खेलाडीले समान २० हजार र तेस्रो भएका दुवै खेलाडीले समान १० हजार नगद प्राप्त गरेका छन्  । 

यस्तै महिला र पुरुष दुवैमा शीर्ष तीन हात पार्ने खेलाडीले गेयर पार्टनर पेलियट नेपालले करिब एक लाख बराबरको खेल सामाग्री प्रदान गरेको छ । काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Hardik health

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव राम चरित्र महेताले प्रतियोगिताको उद्घाटन गरेका थिए । पुरुषतर्फ क्वालिफिकेसन राउण्डबाट अन्तिम चरणमा ८ खेलाडी छनोट भएका थिए । अन्तिम चरणमा छनोट भएका ८ खेलाडीको प्रतिस्पर्धाबाट विजेताको टुङ्गो लागेको हो । 

गत वर्ष एनसीएसले ६ वर्षको ब्रेकपछि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसलाई यस वर्ष निरन्तरा दिँदै बोल्डरिङ विधाको नेशनल च्याम्पियनसिप आयोजना गरेको हो । एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिएका छन् । 

नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिपमा यस वर्ष खेलाडीको संख्या पनि बढेको र आगामी दिनमा नयाँ खेलाडीहरुका लागि राष्ट्रिय च्याम्पियनसिप खेल्नका लागि समेत अवसर हुने उनले बताए ।प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रामजी बहादुर श्रेष्ठ, एनसीएसएका अध्यक्ष रमेश पौडेलल लगायतले मेडल, पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।  

प्रतियोगितालाई पेलिएट नेपाल, एलाइट एक्सपेड, एट के एक्सपेडिसन्स, अल्टीप्रो एडभेन्चर, सातोरी एडभेन्चर, सेभेन समिट ट्रेक्स, १४ पिक्स एक्सपेडिसन, बिल, पाओनिर एडभेन्चरले र ब्ल्याक डायमन्डले सहयोग गरेको थियो । नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छनोट हुने महिला र पुरुक्ष १-१ खेलाडीलाई ब्ल्याक डायमन्टले गेयर स्पोन्सर गर्ने घोषणा समेत गरेको हो । यस्तै टेक्निल पार्टनरमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएन रहेको थियो भने इन्डियन माउन्टेनिरिङ फाउण्डेसनले टेक्निकल सहयोग गरेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १२:५६
#नेशनल_स्पोर्ट_क्लाइम्बिङ_च्याम्पियनसिप-२०२६ #क्लाइम्बिङ_च्याम्पियनसिप #एनसीएसए #रोनक_उप्रेती #स्वस्तिका_चौधरी
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता  धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान बिहीबार, साउन ७, २०८३
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि सोमबार, साउन ४, २०८३
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो आइतबार, साउन ३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP